arrow

रसुवाको दुर्गम स्थान तिरुमा सडक निर्माण

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
tiru.jpg

रसुवा । हिमाली जिल्ला रसुवाको दुर्गम स्थान तिरु सडक संञ्जालमा जोडीएको छ । रसुवा जिल्ला उत्तरगया गाँउपालिका वडा नंम्बर १अन्तर्गतको तिरुमा मोटर बाटो पुगेसगै एकीकृत बस्ती निर्माणकार्यले गति लिने भएको छ।

प्रदेश सभाको १ करोड र सासंद विकास कोषको ७० लाख गरि कुल एक करोड ७० लाख रुपैयाँको लागतमा साँढे सात किलोमिटर  सडकको निर्माण सम्पन्न गरिएको हो।
तिरु सडकको निर्माणबाट गोगनेका समेत गरि ३ सय घरधुरी लाभान्वित हुनेछन्। बाटो निर्माण सगै तिरुको ५८ रोपनी जमिनमा एकीकृत बस्ती निर्माणकार्य शुरु भएको छ।

सो एकिकृत बस्तीमा २०७२ सालको भूकम्पले तिरुबाट विस्थापितहरुलाई पुनस्थापित गराईने छ। यसकालागी १सय ९ घरधुरीले लालपूर्जा प्राप्त गरिसकेका छने भने बाकीको प्रकृया अगाडी बढेको छ। २०७२ सालको भूकम्पले तिरुबाट ३ सय घर परिवार विस्थापित भै रसुवाकै खाँल्टेमा जीवन बिताईरहेका छन्।

रसुवाको खाँल्टे बस्ती बस्न जोखिमपूर्ण रहेको प्रतिवेदनले देखाए पछि सासंद मोहन आचार्यको पहलमा तिरुमा एकिकृत बस्ति निर्माणको प्रकृया अगाडी बढाँईएको हो। बाटो निर्माण सगै आफ्नो थातथलोमै पूनर्बास हुने खुशीले स्थानियहरु दंग छन्। बाटोको उद्घाटन गर्दै सासंद मोहन आचार्यले एकीकृत बस्ती निर्माणकार्यले अब चाडै पूर्णता पाउने बताए।

समृद्ध रसुवा निर्माण आफ्नो उच्च प्राथमिक्तामा रहेका विकास र समृद्धिको पहिलो सर्तका रुपमा रहेकोले बाटो निर्माणलाई उच्च प्राथमिक्ता दिईएको बताए । निर्वाचनका बेला आफुले गरेको प्रतिबद्धता अनुरुप अहिले जिल्लाका सबै स्थानलाई सडक संञ्जालमा जोडिने काम भैरहेको भन्दै उनले बाटो निर्माण पछि स्थानियहरुको दिनचर्या सहज बन्नुका साथै स्थानिय उत्पादनको बजार पहुँचमा समेत बृद्धि भएको बताए।

प्रदेस सासंद प्रेम तामाङ र उत्तरगया गाँउपालिका अघ्यक्ष उपेन्द्र लम्सालले खानेपानी स्वास्थ्य र शिक्षाको पूर्वाधारहरुको निर्माणकार्यलाई पनि संसगै अगाडी बढाईने बताउए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ