arrow

कङ्गोमा भएको हिंसामा कम्तीमा ५० जनाको मृत्यु

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
dr-congo.jpeg

किन्शासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएका हिंसात्मक झडपमा परी कम्तीमा ५० जनाको मृत्यु भएको यहाँका गभर्नर जिन बामानिसा सइदीले बताएका छन् । 
     
देशको पूर्वी क्षेत्रमा पर्ने इतुरीमा भएका पछिल्ला हिंसात्मक घटनाहरूमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।     
     
गभर्नर जेन बामानिसा सैदीले एएफपीलाई दिएको जानकारी अनुसार दुई दिन अगाडि नै उक्त घटना भएको र झडपमा ५० जनाको मृत्यु भएको विवरण आएको हो ।     
     
उनले त्यसपछि अन्य घटनाहरु पनि भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढेको हुन सक्ने पनि बताए । तर अन्य श्रोतहरुले भने ती घटनाहरुमा परी ७० जनाको मृत्यु भएको जनाएका छन् ।     
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ