arrow

संस्कृतको मोडलमा संस्कृति सिध्याउने ओली सरकारको प्रयास 

होली वाइनको जयजयकार, नेपाली संस्कृति सामन्तवाद 

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
gokul-baskota1.JPG

काठमाडौं । संस्कृतिप्रेमीहरुको आन्दोलन चलिरहेको बेलामा सरकारका प्रवक्ताले भने झनै विवादास्पद अभिव्यक्ति दिएका छन् । सदियौंदेखि चल्दै आएको धार्मिक आस्था बोकेका गुठीलाई सामन्तवादी स्वरुप भनेर सरकारका प्रवक्ताले आन्दोलित भीडलाई झनै आक्रोशित गराउने काम गरेका हुन् । उनको यो अभिव्यक्तिको शैली संस्कृतमाथि माओवादीले प्रहार गर्दाको जस्तै देखिएको छ । 

तत्कालीन समयमा माओवादीका लडाकूहरुले आक्रमण गरेका कारण नेपाली भाषाको जननी मानिने र विश्वकै सबैभन्दा समृद्ध भाषाको रुपमा मान्दै आईएको संस्कृत भाषा यतिबेला नेपालमा नाजुक स्थितिमा छ । यसलाई उठाउनका लागि जति प्रयास भईरहेको छ त्यो निजी क्षेत्रबाट भईरहेको छ । सरकारी सरकारले त अहिले पनि संस्कृतको विकासको लागि केही पनि गर्नसकेको छैन । 

संस्कृतमाथि आक्रमण गरेकै शैलीमा अहिलेको सरकारले नेपाली धर्म र संस्कृति नामेट पार्ने प्रयासमा लागिरहेको छ प्रमाण खोज्न अब धेरै टाढा जानु पर्ने अवस्था रहेन । सरकारका प्रवक्ताले नै स्पष्ट रुपमा गुठी सामन्तवादी स्वरुप रहेकोले यसलाई परिवर्तन गर्न कानून ल्याएको बताएपछि गुठी सम्बन्धी विधेयकमा सरकारको नियत प्रष्ट भएको छ । धर्मलाई अफिम मान्ने नेपाली कम्युनिष्टहरु आफ्नो धर्मसंस्कृतिलाई नष्ट गराएर क्रिश्चियानिटीलाई पश्रय दिने काममा लागिरहेको कुरा केही समय अघि काठमाडौंमा भएको एशिया प्यासिफिक सम्मेलन र अहिले गुठीको विषयमा ल्याईएको खराब मनसायको प्रावधानले पनि प्रष्ट पारेको छ । 

गुठी विधेयकमा विषयमा विवाद चर्किँदै जाँदा सरकारले स्वच्छ नियतले विधेयक ल्याएको हो कि भनेर सोच्ने ठाउँ पनि थियो । तर, बिहीबार सरकारका प्रवक्ताले दिएको अभिव्यक्तिले सरकारको नियत प्रष्ट भएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्नको लागि आयोजित पत्रकारसम्मेलनका क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सामन्तवाद अन्त्य गर्ने कि नगर्ने भन्दै प्रश्न गरे । कम्युनिष्ट विचारधारा राख्नेहरुको एउटै शैली के हुन्छ भने सामन्तवाद शब्दलाई भजाएर आफू सत्तामा पुग्नेदेखि आफ्नो स्वार्थ पूरा गर्नेसम्मका कामहरु त्यही शब्दमा जनतालाई भुलाएर गर्ने गर्दछन् । 

मन्त्री बाँस्कोटाले यो गुठी संस्कृति सामन्तवादको स्वरुप रहेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् । गुठी विधेयकको बचाउ गर्दै उनले सामन्तवादलाई अन्त्य गर्नको लागि सबै क्षेत्रमा परिवर्तन गर्नुपर्ने बताएका हुन् । अहिले बाँस्कोटाले जुन शब्द सापटी लिएर बोलिरहेका छन् । त्यही शब्दको आडमा नै सशस्त्र द्वन्द्वको मध्ये तिर तत्कालीन नेकपा माओवादीले संस्कृतमाथि आक्रमण गरेको थियो । सरकारी विद्यालयहरुमा संस्कृत नामेट भएसँगै अँग्रेजी भाषाले नेपालीमाथि आक्रमण गर्यो । जसको परिणाम स्वरुप आजका हामीहरु नेपाली भाषा शुद्धसँग बोल्न समेत नसक्ने अवस्थामा पुगेका छौं । त्यतिबेला नामेट पारिएको संस्कृत अहिलेसम्म पनि उठ्न सकेको छैन । 

हाम्रो नेपाली समाजमा चलिआएका धर्म संस्कृतिहरुलाई कम्युनिष्टहरुले पहिलेदेखि नै सामन्ती सोचको उपज भन्दै आक्रमण गर्ने र त्यसको सट्टामा पश्चिमा संस्कृतिलाई आत्मसाथ गर्ने गरेका घटनाहरु प्रसस्तै देख्न पाईन्छ । संस्कृतिलाई नै सामन्तवाद मान्ने हो भने हाम्रा कम्युनिष्टहरुले आदर्श मान्ने चीनमा सन् १९८० देखि सुरु भएको सांस्कृतिक क्रान्तिपछि पुराना संस्कृतिहरुलाई कसरी संरक्षण गरिएको छ भन्ने देख्नु जरुरी छ । 

आफ्नो संस्कृतिलाई जोगाउनु भन्नुको अर्थ अरु संस्कृति र धर्ममाथि प्रहार गर्नुपर्छ भन्ने भने पक्कै होईन । यद्यपि संविधानले बर्जित गरेको जवर्जस्ती धर्मपरिवर्तनलाई भने रोक्नै पर्छ । यदि त्यो नरोक्नु भनेको सरकार नै अरुको धर्म र संस्कृतिलाई आफ्नो मुलुकमा लाद्न लागिरहेको छ भन्ने बुझ्न सकिन्छ । तर, अहिलेको सरकार धर्मपरिवर्तनको गम्भीर मुद्दालाई नजर अन्दाज गरेर आफ्नै संस्कृतिलाई सामन्तवादी स्वरुप देख्न थालेको छ । चीनले आफ्नो ७ दिने विवाह सम्बन्धी संस्कृति संरक्षण गर्नको लागि मात्रै अनुदान शीर्षकमा ९५ मिलियन अमेरिकी डलर बराबरको पैसा छुट्टाएको छ । तर, नेपालमा भने भएको संस्कृतिलाई पनि सामन्तवादी स्वरुप भन्दै नष्ट गर्नेगरी कानून ल्याईँदै छ । 

गुठीलाई सामन्तवादी सम्झने सरकार धर्मपरिवर्तनमा मौन ?
उपत्यकाको ललितपुर जिल्लामा विभिन्न आईएनजिओको बोर्ड भित्र तयार पारिएको धर्मप्रचारको योजना बोकेर हिँडेको क्रिश्चियन धर्म प्रचारकहरुका कारण हामीहरुको सनातन धर्म यतिबेला संकटमा छ । पछिल्लो समय ललितपुर जिल्ला धर्मपरिवर्तनको किल्ला बनेको छ । जहाँ धर्म परिवर्तनका हरेक योजनाहरु बुनिन्छन् । ललितपुरका कूल जनसंख्याको ८.६५५ जनसंख्याले आर्थिक प्रलोभन या अन्य अन्धविश्वासमा परेर धर्मपरिवर्तन गरिसकेको एक रिपोर्टले जनाएको छ । 

यति हुँदासम्म पनि सरकारलाई यसबारेमा केही चासो छैन । मन्दिरै मन्दिरको शहर भनेर चिनिने काठमाडौं उपत्यका अब केही समयमा नै चर्च नै चर्चको शहर भनेर चिन्ने अवस्था हुन लागिसकेको छ । यसमा सरकारलाई केही चासो छैन । सनातन धर्म संस्कृति मास्नको लागि नेपालमै धेरै चर्च, मिसनरी स्कुल, बाइबल केन्द्र र आइएनजिओहरु सञ्चालनमा छन् । 

जनसंख्या अनुपातमा धेरै धर्मान्तरण धादिङको रुबीभ्याली गाउँपालिका हो । त्यस्तै मकवानपुर र धादिङका चेपाङ बस्तीहरु अब आफ्ना पुराना स‌ंस्कृतिहरु छाडेर चर्च धाउन थालिसकेका छन् । पहिले शतप्रतिशत बौद्धहरुको बस्ती रहेको धादिङको झार्लाङका सबैजना अहिले क्रिश्चियन भएका छन् । 

यसरी देश भरी नै क्रिश्चियन मिसिनरीहरुले पैसाको लोभमा जवर्जस्ती धर्मपरिवर्तन गर्नेलाई खुल्लमखुल्ला धर्मपरिवर्तन गराउने छुट दिने सरकारले आईतबार माईतीघर मण्डलामा आफ्नो संस्कृति जोगाउन आग्रह गर्दै शान्तिपूर्ण आन्दोलन गर्नेमाथि पानी मात्रै बर्साएन, लाठी र बुट समेत बर्साएको छ । प्रदर्शनी स्थलमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरु माथि प्रहरीले एकाएक हस्तक्षेप गरेको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ