arrow

मोदीले सीसंग उठाए पाकिस्तानी मुद्धा 

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
modi-xi-putin.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ समक्ष पाकिस्तानबारेको मुद्दा उठाएका छन् ।

संघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागीता जनाएका मोदीले सोही क्रममा जिनपिङसंग भएको छलफलका क्रममा पाकिस्तानी मुद्दा उठाएका हुन् । 

उक्त क्रममा मोदीले सीलाई अनौपचारिक छलफलका लागि यसै वर्षभित्र भारत आउन पनि निम्ता दिएका छन् । 

मोदीले उक्त सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग पनि भेटवार्ता गरे । अमेठीमा राइफल निर्माण युनिट लगाउन रुसले दिएको समर्थनको पुटिनलाई धन्यवादसमेत दिएका छन् । 

विदेशसचिव विजय गोखलेका अनुसार प्रधानमन्त्री मोदीले पाकिस्तानमा आतंकरहित माहौल बनाउन जोड दिए । अहिलेसम्म त्यस्तो गतिविधि नदेखिएकाले पाकिस्तानले ठोस कदम उठाओस् भन्ने चाहना मोदीले राखेका छन् । 

गोखलेका अनुसार भारत र चीनबीचको सम्बन्धमासमेत सुधार आएको छ । भारतमा बैंक अफ चाइनाको शाखा खोल्ने समेत सहमति भएको छ । यो सबै वार्ता कीर्तिस्तानको राजधानी बिस्केकमा भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ