arrow

परिवारै मिलेर भाइबुहारीमाथि आक्रमण, पिठ्युँबाट निकालियो फलामे कैचीका दुई टुक्रा 

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
Bode-Barsain_Nagarpalika.png

सप्तरी । बोदे बसाइन नगरपालिका–२ की ३५ वर्षीया प्रतिभा यादव र उनका श्रीमान् ४० वर्षीय दीपेन्द्रप्रसाद यादवलाई दीपेन्द्रका दाजु सोही ठाउँका ४६ वर्षीय ज्ञानेन्द्रप्रसाद यादवले कैँची प्रहार गरी गम्भीर घाइते बनाएका छन् । ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्रलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।     
     
घरायसी विवादमा ज्ञानेन्द्रसहित उनकी श्रीमती ४५ वर्षीया नीलमदेवी यादव, छोराहरु २३ वर्षीय अभिषेककुमार यादव र २१ वर्षीय निमेशकुमार यादवले गत शनिबार राति धारिलो हतियार कैँचीले आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । 

इलाका प्रहरी कार्यालय कल्याणपुरले ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरी ज्ञानेन्द्रलाई पक्राउ गरेको जनाएको छ ।     
     
प्रहरीका अनुसार घाइते प्रतिभाको टाउको र दाहिने कोखामा गम्भीर चोट लागेको छ भने दीपेन्द्रको टाउको, छाती, पिठ्युँलगायत शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै पिठ्युँबाट कैचीको दुई फलामको टुक्रा निकालिएको छ । 

घाइतेको हाल नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको कल्याणपुर प्रहरीले जनाएको छ । अन्य आरोपी फरार छन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ