arrow

विकिलिक्सका असान्जको सुपुर्दगी मुद्दाबारे आगामी फेब्रवरीमा सुनुवाई

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
julian-assange.jpg

लण्डन ।  विकिलिक्सका संस्थापक जुलियन असान्जलाई वासिङ्टनसमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा आगामी फेब्रुअरीमा पूर्ण सुनुवाई हुने बेलायती एक न्यायाधीशले शुक्रबार बताएका छन्  ।

अमेरिकाविरूद्ध जासुसी गरेको अभियोगमा बेलायती जेलमा रहँदै आएका असान्जले बेलायती अदालतले तोकेको जमानत शर्त उल्लङ्घन गरेको आरोपमा उहाविरूद्ध ५० हप्ताको जेल सजाय तोकिएको छ ।

अमेरिकाले असान्जलाई सुपुर्दगी गर्न दवाव दिँदै आएको छ भने बेलायतले यसबारे तत्काल कुनै जवाफ दिएको छैन ।

वासिङ्टनले ४७ बर्षीय असान्जले सन् २०१० मा अमेरिकी सैनिक तथा कूटनीतिक क्षेत्रका वर्गीकृत फाइलहरू सार्वजनिक गरेर अमेरिकाविरुद्ध जासुसी गरेको दावी गर्दै आएको छ ।

अमेरिकाको अफगानिस्तान र इराकमा भएका वम आक्रमणबारे विकिलिक्सले प्राप्त गरेका सूचनालाई सार्वजनिक गरेको आरोप वासिङ्टनले असान्जमाथि लगाउँदै आएको छ । एफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ