संसारकै संभवत: खतरनाक गोरेटो; काठको फल्याक निर्मित पहाडी बाटो (भिडियो)
प्रकाशित २०७२ चैत ११ बिहिबार
1.6k
Shares
एजेन्सी। विश्वमा धेरै ठाउँहरु मनमोहक, रहरलाग्दा र जाउवजाउँ लाग्ने खालका हुन्छन। तर कति ठाऊँ जानकालागि ज्यानको जोखिम पनि हुन्छ। संसारमा यस्ता धेरै मानिसहरु छन जो जोखिमयुक्त काम गर्न रुचाउँछन र त्यस्ता जोखिमलाई जिवनको एक अंशको रुपमा लिन्छन्। जोखिमयुक्त खेलमा पनि मानिसहरु रमाईरहेकै हुन्छन जस्तै: बन्जी, स्काईडाईव, र्याफटिङ आदि ईत्यादी अरु त्यस्ता जोखिम भरिएका खेलहरुमा पर्वतारोहण पनि पर्छ । यस्ता खेलकालागि तालिमहरु पनि हुने गर्छन।
मानिसहरु हिड्न (ट्रेकिङ-हाईकिङ) पनि मनपराऊछन जुन धेरै जसो पहाड तिर गरिन्छ जहाँ हिड्नकालागि बाटोहरु बनाईएको हुन्छ। तर चिनको एक पहाडमा हिड्नकोलागि काठका फ्लयाकहरु ठोकेर बाटो बनाईएका छन्। फल्याकमा टेक्दै र माथि फलामका सिक्रि (हेर्नुस फोटोमा) समात्दै अगाडी बढ्नु पर्छ गनत्व्य पुग्नकालागि। यसरी बनाईएको बाटो सियान शहरको बाहिर पट्टी रहेको हुवा शान पहाडमा अवस्थित रहेको छ। पहाडको फेदमा ढुङ्गामा कुदिएका खुड्किलाहरु छन जसलाई 'स्वर्गको बाटो' नामाकरण गरिएको छ। शुरुमा हिड्दा यस्ता खुड्किला चढ्दै जाँदा सजिलो नै देखिन्छ तर केही माथि पुगिसकेपछी आङनै जिरिङ हुने फल्याकका बाटाहरु भेटिन्छन जुन हेर्दै खतरनाक छन्।
पहाडको फेदमा रहेको ढुङ्गामा कुदिएका खुडकिलाहरु जुन खुड्किला टेक्दै यो यात्रा शुरु हुन्छ।
जती खतरनाक भए पनि असंख्य मानिसहरुले यो पहाडको यात्रा गर्ने गरेका छन्।
पहाड चढ्दै जाँदा पहाड मै खोपिएर बनाईएका घरहरु भएको बस्ती पनि देखा पर्छ।
केही माथि चढेपछी फल्याकको बाटोकालागि केबल कार पनि लिन सकिन्छ।
फल्याक जोडेर बनाईएको बाटोको यात्रा शुरु हुन्छ।
फल्याक निर्मित बाटो पार गर्दै यात्रु।
उचाई र बाटो।
उचाईबाट देखिने मनोरम दृश्य। कति ठाऊँमा त यसरी पनि चढ्नु पर्छ।
खासै सुरक्षित देखिंदैन त !
ओहो! जिउ नै सिरिङ्ग हुने बाटो!
फोटोमा हेर्दा त हात खुट्टाबाट पसिना निस्किन्छ,!
लौ हेर्नुहोस !
ओहो ! लौ यस्तो बाटो भएर यात्रा गर्नु पर्ने !!
मनोरम दृश्य।
त्यो खतरनाक यात्राको गन्तव्य यही हो।
चित्रमा देखिएको घर ताओ धर्मावलम्बीहरुको मन्दिर जसलाई अहिले चिया पसलमा परिणत गरिएको छ।
हुनत: त्यत्रो कठिन यात्रा पछि चिया त मिठो हुन्छ होला। यती लामो र कठिन यात्रा पछि पुगिने चुचोमा रहेको चिया पसल भने हेर्न लायककै छ।