arrow

आयुर्वेद औषधि पसलमै ‘सिलबन्दी’

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
silbandi_.jpg

नेपालगञ्ज । अवैधरुपमा सञ्चालन गरेको भन्दै नेपालगञ्जको एक आयुर्वेद औषधि पसललाई ‘सिलबन्दी’ गरिएको छ । शुक्रबार गरिएको अनुगमनका क्रममा नेपालगञ्ज–१० सुर्खेतरोडमा रहेको अष्टाङ आयुर्वेद पसललाई सिलबन्दी गरिएको हो । 

दर्ता नगरेर सञ्चालनमा रहेको सो औषधि पसलले प्रतिबन्धित औषधि बिक्री गरेको र भ्रमात्मक प्रचारप्रसार गरेको पर्चा टोलीले फेला पारेको औषधि व्यवस्था कार्यालय, नेपालगञ्जका सुपरभाइजर यादवप्रसाद ढकालले बताए ।

यसैगरी अनुगमन टोलीले नेपालगञ्जको चितवन एग्रोभेट, हरिओम मेडिकल, उपकार मेडिकल हल र कुलाइसा मेडिकल हलको पनि अनुगमन गरेको थियो ।  सो एग्रोभेटले दर्ता नभएको औषधि बिक्री गरेको, म्याद नाघेको औषधि पसलमा राखेको, भेटेनरी औषधि पसल भए पनि कृषिको बीउबिजन, तथा कीटनाशकजस्ता विषादी राखेको पाइएकाले विभाागीय कारवाहीका लागि औषधि व्यवस्था कार्यालयमा बोलाइएको सुपरभाइजर ढकालले बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ