arrow

शैक्षणिक शब्दकोष निर्माण हुँदै

logo
रासस,
प्रकाशित २०७६ असार १ आइतबार
dictionary.jpg

फिदिम। मातृभाषा शिक्षणमा सहयोग पुर्‍याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको शैक्षणिक शब्दकोष बन्ने भएको छ। शब्दकोष निर्माणका लागि प्रारम्भिक कार्य शुरु भएको छ। भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा शब्दकोष बन्न लागेको हो। शब्दकोष निर्माणका लागि पहिलो चरणको शब्द सङ्कलन कार्यसम्पन्न भएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लावती संयोजक रहेको टोलीले पहिलोचरणको शब्द सङ्कलन कार्यसम्पन्न गरेको हो। लावतीसँगै लिम्बू भाषा–साहित्यको क्षेत्रमा क्रियाशील राजेन्द्रकुमार जबेगू, लछामीकुमार शेर्मा पापो, दीलेन्द्र कुरुम्बाङ, लक्ष्मण लाओती, साम्जिरी शेर्मा र सन्देश सुब्बा सम्मिलित टोलीले शब्द सङ्कलन गरेको हो।

शिक्षण, किरात धर्मग्रन्थ मुन्धुम, साहित्य, संस्कृति, गणित, प्रविधि, विधि, इतिहास, भाषा, विज्ञान, पेशा र सञ्चार क्षेत्रका शब्द सङ्कलन गरिएको संयोजक लावतीले बताए। शब्दकोषलाई चाँडै अन्तिम रुप दिएर प्रकाशनमा ल्याइने तयारी गरिएको। उक्त शब्दकोष शैक्षणिकसँगै अन्य प्रायोजनका लागि समेत उपयोगी हुनसक्ने टोलीको विश्वास छ। 

पाँचथरमा लिम्बू मातृभाषामा शिक्षण गराउने क्रम बढिरहेको छ भने लिम्बू भाषामा विधागत साहित्य लेखन समेत भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ