arrow

स्याङ्जाका दुई नगरपालिकामा हर्न बजाए जरिवाना

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार १ आइतबार
traffice-no-horn.jpg

स्याङ्जा । तपाई सवारी साधन लिएर बुटवलबाट पोखरा वा पोखरा बाट बुटवल जादै हुनुहुन्छ भने ख्याल राख्नु होला ।  अथवा शाखा रोडहरुबाट वालिङ र पुतली बजार नगरपालिका जादै हुनुहुन्छ भने पनि ख्याल गर्नुहोला । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकामा पुग्दा हर्न बजाउन पाईदैन । दुई नगरपालिकाका निश्चित ठाँउमा हर्न बजाउनु भयो भने जरिवाना तिर्नुपर्छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी स्याङ्जाको अनुरोधमा जिल्लाका दुई नगरपालिकामा हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । पहिलो चरण पुतलीबजार नगरपालिकाबाट यो अभियान शुरु गरिएको छ । दोस्रो चरणमा वालिङलाई पनि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालको नेतृत्वमा वालिङ नगरपालिकाको भकुण्डे चोक देखि मिर्दि चोक सम्म कुनै पनि सवारी साधनले हर्न बजाउन नपाईने घोषणा गरेका हुन् ।

नागरिकको आवतजावतको अवस्था हेरेर निश्चित क्षेत्र घोषणा गरेका छौं प्रहरी उपरिक्षक लम्सालले भने,“यो क्रमलाई विस्तारै जिल्लाभरी लागु गर्ने छौं ।” हर्नले जेष्ठ नागरिक देखि वालवालिकालाई असर गर्ने तथ्याङ्कको आधारमा यो अभियान शुरु गरेका हौ लम्सालले भने । जेष्ठ नागरिकलाई हर्नका कारण हट्याट्याक हुन सक्ने र वालवालिकालाई मस्तिष्कमा असर पर्ने अवस्था आएकाले हर्न निषेधित गर्नु पर्ने अवस्था आएको प्रहरीको भनाई छ ।

 हामीले नगरे कसले गर्ने, आज नगरे कहिले गर्ने अभियान लिएर प्रहरीले शान्ति सुरक्षा, दुर्घट्ना न्युनिकरण, अपराधिक क्रियाकलाप शुन्यमा झार्ने लक्ष्य नेपाल प्रहरीले लिएको प्रहरी उपरिक्षक लम्सालले बताए । सचेत नागरिकका लागि हर्न नै आवश्यक छैन उपरिक्षक लम्सालले भने,“स्वास्थ्यमा असर पर्ने खालका गतिविधिहरु रोक्न सबै सचेत हुनुपर्छ ।” १५ दिन सुझाव दिने गरी यो अभियान शुरु गरिएको छ समय अवधि पछि भने जरिवाना समेत गरिनेछ प्रहरी प्रमुख लम्सालले भने ।

हर्न बजाएर अटेर गरेमा पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार गरी क्रमस १५ सय सम्म जरिवाना लाग्ने ट्राफिक प्रहरीको भनाई छ । वडा प्रहरी कार्यालयमा आयोजना गरिएको छलफलमा वालिङ नगरपालिका भित्र रहेका राजनीतिकदल, उद्योगी व्यवसयी,पत्रकार, यातायात व्यवसायी लगायतको सहभागी रहेको थियो । प्रहरीले हर्न निषेधित क्षेत्रका निश्चित ठाँउहरुमा सुचनामुलक बोर्ड समेत राखेको छ ।

 हर्न निषेधित क्षेत्र भकुण्डे चोकमा सुचनामुलक बोर्ड राखेर शुरुवात गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्साल लगायत अन्य सहभागीहरु । प्रहरीले निश्चित क्षेत्रमा करिव ६ ओटा सुचनामुलक बोर्ड राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ