सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब, सांसदलाई ३ करोड
प्रकाशित २०७६ असार १ आइतबार
872
Shares
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोडको बजेट संसदमा प्रसतुत गरेको छ । आइतबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । चालु तर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ।
प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले ‘ निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको छ। भने प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड रकम प्रदेश सरकारले विनियोजन गरिएको छ ।