arrow

बजेट प्रदेश ५ : कृषिलाई उच्च प्राथमिकता (पूर्णपाठ)

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ असार १ आइतबार
budget2.jpg

बुटवल । प्रदेश नं. ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाको बजेट ल्याएका हुन ।

कुल बजेट मध्ये चालु तर्फ १३ अर्ब ४५ करोड ५ लाख अथार्त ३६.९४ प्रतिशत र पुँजिगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अथार्त ५१.०१ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरण अन्तर्गत स्थानिय तहलाई उपलब्ध गराईने सशर्त अनुदान तर्फ १ अर्ब ३८ करोड ९८ लाख, वित्तिय समानिकरण अनुदान तर्फ ५० करोड र विशेष अनुदान तर्फ १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख बजेट विनियोजन गरेका छन् ।

खर्च व्यवस्थापनका लागि आन्तारिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफँटबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँट बाट ३० करोड, वित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक बर्षको बचत रकमबाट ५ अर्ब, समपुरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड प्राप्त हुनेछ ।

बजेटले कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । कुल बजेटको ४ अरव ७ करोड रुपैयाँ कृषि क्षेत्रमा विनियोजना गरिएको छ । कुल ४ अरब ७ करोड बजेटमा सरकारले कसानहरुलाई कृषि ऋणको व्याजमा अनुदान प्रदान गर्ने गरी नयाँ योजना ल्याएको छ ।

कृषि ब्याजमा अनुदान प्रदान गर्नको लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै कृषिकर्मी रोजगार कार्यक्रमको लागि पनि सरकराले १० करोड रुपैयाँ विनियोजन गरेको छ । शिक्षामा भने गतवर्ष भन्दा वजेट घटेको छ । गतवर्षभन्दा २१ करोड कम बजेट विनियोजन भएको छ ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ