arrow

''यो देश संविधानले चलेको छ भने लोकसेवा आयोगको निर्णय फिर्ता होस्''

logo
प्रकाशित २०७६ असार २ सोमबार
laxman-lal-karna_copy.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टीले यो देश संविधान अनुसार चलेको हो भने लोकसेवा आयोगले लिएको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा बैठक सुरु भए लगत्तै उठेर विरोध गरेका राजपाका सांसदहरुको तर्फबाट बोल्दै नेता लक्ष्मणलाल कर्णले यस्तो बताएका हुन् ।

कुनैपनि वाहानामा संविधानलाई कार्यान्वयन गर्ने हो भने एउटा समुदायलाई मात्रै काखी च्याप्ने नच्याप्न पनि उनले आग्रह गरेका छन् । राज्यको सम्पूर्ण अंग समानुपातिक समावेशी हुने भनेर संविधानले उल्लेख गरेको भएपनि लोकसेवा आयोगले असंवैधानिक निर्णयलाई सरकारले काखी च्यापेर बसेको उनको आरोप छ । लोकसेवा आयोगले गरेको निर्णय त्रुटीपूर्ण रहेको भनेर संसदको समितिले निर्देशन दिएको भएपनि सरकारले त्यो निर्देशन मान्दिन भन्नु हास्यास्पद रहेको बताए । 

मन्त्रीको जन्म यही संसदबाट भएको भन्दै उनले मन्त्री कुनैपनि आकाशबाट नआएको बताएका छन् । यसरी संसदले यो विज्ञापन रोक्नको लागि भनिरहेको बेलामा संवैधानिक आयोगका अध्यक्षले म मान्दिन भन्नु आश्चर्यचकित भएको बताए । उनले यो संविधानले भनेपनि नमान्ने र संसदले र कानूनले भनेको पनि नमान्ने हो भने यो देश कसले चलाईरहेको छ ? भन्दै प्रतिप्रश्न गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ