arrow

नेपालमा लगानीको वातावरण बनाउन सांसद चौधरीद्वारा आग्रह

logo
प्रकाशित २०७६ असार २ सोमबार
binod-chaudhary.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्यमी विनोद चौधरीले देशमा लगानी अभिबृद्धि गर्न लगानी मैत्री वातावरण तयार गर्नु अनिवार्य रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिनु हुदै सांसद चौधरीले लगानी तरल हुने र जहाँ असल वातावरण छ त्यहाँ पुग्ने बताए ।

‘पुँजी पानी जस्तै तरल हुन्छ । जता वातावरण बन्यो त्यतै बग्छ’, सांसद चौधरीले भने– त्यो वातावरण हामीले नेपालमा बनाउनु परेको छ । आर्थिक समृद्धिका लागि हामीलाई धेरैभन्दा धेरै लगानीको खाँचो छ ।’

लगानी अभिवृद्धिका लागि विशेष आर्थिक क्षेत्रको अवधारणालाई कार्यान्वयनमा ल्याउनु आवस्यक रहेको भन्दै उनले भैरहवामा स्थापना गरिएको सेजमा लगानीकर्ता किन आकर्षित भइरहेका छैनन् भन्ने बारेमा गम्भिर बन्न आग्रह गरे । ‘हामीले सेज, इपिजेड र गार्मेन्ट प्रोसेसिङ जोन बीचका भिन्नताहरू थाहा पाउनुपर्छ । सेजका लागि भारत र चीनले अवलम्बन गरेका नीतिहरूबाट सिक्नु राम्रो हुन्छ’ सांसद चौधरीले भने, ‘यी बिषयमा हामीले छलफलमै धेरै समय गुजारिसक्यौं अब व्यवहारिक कार्यान्वयनमा जानुपर्छ ।’

उद्योग मन्त्रालयलको भूमिका अर्थमन्त्रालयको विभागको जस्तो रहेको भन्दै  उनले देशमा औद्योगिक विकासका लागि यस मन्त्रालयको हैसियत माथि उठ्नुपर्ने धारणा पनि राखे।

अर्थतन्त्रका लागि ब्यापार घाटा चीन्ताजनक बिषय रहेको भन्दै सांसद चौधरीले निर्यातमा अनुदान दिएर र आयात नियन्त्रण गरेर मात्रै यो समस्याको समाधान नहुने धारणा राखे । ‘ब्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई भारतीय र चीनियाँ उत्पादनसँग प्रतिस्पर्धी बनाउन आवस्यक छ ।’

नेपाल आयल निगम जस्ता सस्थानहरूको एकाधिकार कायमै राखेर उपभोक्ताको अधिकार हनन भईरहेको भन्दै सांसद चौधरीले पेट्रोलियम प्रोडक्ट जस्ता वस्तुहरूको कारोबारमा निजी क्षेत्रलाई खुला गरिनुपर्ने बताए । ‘यस्तो व्यवस्था मिलाउन हामीले धेरै पटक कानून बनाउने कोशिस गर्‍यौँ तर किन सफल भईरहेको छैन ?’ सांसद चौधरीले भने, ‘दुई लिटर पेट्रोलका लागि उपभोक्ताले कहिलेसम्म लाईनमा लाग्ने ? आपूर्तिका साधनमा उपभोक्ताको सहज पँहुच हुनुपर्छ ।’

सांसद चौधरीले इकोनोमिक डिप्लोमेसीमा ध्यान दिन पनि विशेष ध्यानाकर्षण गराए। नेपालस्थित राजदूतहरूले आ आफ्ना देशका निजी क्षेत्रको प्रवर्धनका लागि नेपालमा तिब्र लबिङ गरिरहेका हुन्छन् । तर, हाम्रा राजदूतावासहरू किन यस्तो लबिङ गर्न सकिरहेका छैनन् ?

नेपालका ३९ वटा कुटनीतिक नियोगले महिनामा एउटा वैदेशिक लगानीका लागि वातावरण बनाउने गरि काम गरे भने राम्रो उपलब्धी हासिल गर्न सकिन्छ । यसतर्फ पनि हामी गम्भिर हुनु आवस्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ