arrow

प्रेस विरोधी विधेयकहरु फिर्ता हुनुपर्छ : नेतृ संग्रौला

logo
प्रकाशित २०७६ असार २ सोमबार
dila-sangraula1.jpg

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ डा डिला संग्रौलाले सरकारले ल्याएको प्रेस विरोधी विधेयकहरु फिर्ता लिनुपर्ने बताएकी छिन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै नेतृ संग्रौलाले सूचना र सञ्चारको आजको युजमा जनतामा जति सूचना र सञ्चारको पहुँच भयो त्यति नै धेरै राष्ट्र समुन्नत हुने बताएकी छिन् । तरपनि सरकारले यही सूचना र प्रविधिलाई नियन्त्रण गर्नेगरी कानून ल्याउनु दुखद् रहेको बताएका हुन् । उनले पत्रकारबाट नै मुलुकको यो परिवर्तन सम्भव भएको कुरालाई विर्सन नहुने पनि बताएकी छिन् । 

अर्को तर्फ सरकारले नेपाल टेलिभिजन र रेडियो नेपालको मर्ज गरी सार्वजनिक सेवा प्रशारण संस्थाको रुपमा विकास गर्ने उल्लेख भन्दै त्यसलाई सरकार र नेकपाको मात्रै प्रचार गर्ने प्रचार संस्थाको रुपमा विकास नगराउनको लागि सुझाव पनि दिएकी छिन् । सरकारको रबैयाका कारण यी संस्थाहरुको शाख गिर्दै गएको भन्दै सरकारले यो संस्थालाई विविसी विश्व सेवाको जस्तो निश्पक्ष बनाउन पनि सुझाव दिएकी छिन् । 

उनले लोककल्याणकारी विज्ञापनमा विभेद भएको भएको भन्दै यसमा ध्यान दिन अर्थमन्त्री गोकुल बाँस्कोटाको ध्यानाकर्षण गराएकी छिन् । उनले खुमलटारमा राष्ट्रिय ज्ञानपार्क बनाउने सरकारी योजनालाई केन्द्रीत गर्दै उनले भनिन् सरकारले राष्ट्रिय आविस्कार केन्द्रलाई संरक्षण र सहयोग पुर्याओस् ।  

परराष्ट्र तर्फ उनले आजको दिनमा नेपालको कूटनीति कुटनीति संकटको घेरामा परिरहेको भन्दै सरकारले नियुक्ति गरेका राजदूतहरुको योग्यता हेर्दा यसले कूटनीतिक हिसावले समेत मुलुकलाई फाईदा नरहेको बताए । बेलायतले नेपालकालागि राजदूत नियुक्त गर्दा नेपाली भाषा बुझेको र कूटनीति बुझेको राजदूत नियुक्त गरेको उदाहरण दिँदै अहिले नेपालले नियुक्त गरेको राजदूत भने कूटनीतिको ज्ञान समेत नभएका राजदूतहरु नियुक्त गरेको भन्दै यसप्रति आपत्ति जनाएक छन् । बंगलादेशकालागि राजदूत नियुक्त भएका व्यक्ति त विद्यार्थी ठग्ने गरेको आरोपी रहेको भन्दै यसप्रति सरकारको उनले आलोचना गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ