arrow

‘प्रेमगीत’को विदेश यात्रा : रनवे फेसनलाई ओभरसिज राइट

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
Prem-Geet-Photo-new.jpg.jpeg
काठमाडौं । फेसन र मोडलिङ क्षेत्रमा कार्यरत संस्था रनवे फेसन हाउसले फिल्म ‘प्रेमगीत’को ओभरसिज राइट लिएको छ । शुक्रबार राजधानीमा भएको पत्रकार सम्मेलनमा फिल्मको व्यानर आशुसेन फिल्मस्का तर्फबाट अध्यक्ष तथा निर्माता सन्तोष सेन र रनवे फेसन हाउसका तर्फबाट अध्यक्ष सुवाससिंह ठकुरीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।  
 
फेसन हाउसका अध्यक्ष ठकुरीले फिल्मलाई सिंगापुर, मलेशिया, थाईल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, न्यूजिल्याण्ड, युएई, कतार, बहराईन, ओमान, कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत, यूकेमा र आशुसेन फिल्मको व्यवस्थापनमा अमेरिका, हङकङ, यूके, अष्ट्रेलिया, भारत र युरोपको देशहरुमा प्रदर्शन गरिने बताए । फिल्मको पहिलो ओभरसिज प्रदर्शन सिङ्गापुरबाट शुरु हुँदैछ । 
 
‘हामी आगामी दिनमा गुणस्तरीय फिल्महरुलाई विदेशी बजारमा प्रबद्र्धनसँगै विस्तार गर्न हाम्रो कामले निरन्तरता पाइरहने प्रतिवद्धता जनाउँछौं, नेपालमा पछिल्लो समयमा फिल्मको क्यामरा, साउण्ड, सम्पादन, स्क्रिप्ट र मेकिङलगायतका कामहरु उत्कृष्ठ भइरहेको र ती फिल्मलाई विदेशी बजारमा प्राथमिकता दिइने भएकाले पनि हाम्रो चासो ओभरसिज राइटमा गएको हो, अध्यक्ष ठकुरीले भने, ‘हामीले ओभरसिज राइटको अवधारणालाई विकास गरेर अझ विस्तृत रुपमा लैजाँदा त्यसको फाइदा समग्र फिल्म उद्योगलाई हुनेमा विश्वास लिएका छौं । ओभरसिज राइट्समार्फत नेपाली कला, संस्कृतिलाई विदेशमा चिनाउन मद्धत पुगोस् भन्ने चाहना हो ।’
 
आशुसेन फिल्मस्का तर्फबाट अध्यक्ष तथा निर्माता सेनले आफ्नो सोचले बनाएको फिल्म सफल भएकोमा खुशी लागेको बताए । ‘जुन सोचले मैले फिल्म बनाउने योजना बनाएको थिएँ, त्यो आज आएर पुरा भयो, मेरो लक्ष्य भनेको अन्तर्राष्ट्रियस्तरको नेपाली फिल्म बनाउने हो, उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको बजार विस्तारका लागि यो टिमअप हो । आशा छ, स्वदेशमा जस्तै विदेशमा पनि दर्शकले फिल्म रुचाउनुहुनेछ ।’
 
रनवे फेसन हाउसले नेपालमा ‘मोडल अफ द इयर’ र ‘रनवे फेशन विक शो’ जस्तो प्रतिष्ठित फेसन इभेन्ट आयोजना गरिसकेको छ भने यसले इभेन्ट मेनेजमेन्टको काम पनि गर्दै आएको छ । सुवास विगत छ वर्षदेखि ¥याम्प मोडलिङ क्षेत्रमा सक्रिय छन् । उनले  सन् २०११ मा सम्पन पेरिस, फिलिपिन्सको फेशन ‘शो’मा उपस्थिति जनाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ