arrow

सुतेकै ठाउँमा मृत भेटिए उमेश

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार ५ बिहिबार
dead2.jpg

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा एक स्थानीय सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका छन् । तुम्बेवा ४ हात्तिपाइलेका उमेश मगर ओछ्यानमै मृत अवस्थामा भेटिएको गाउँपालिकाका अध्यक्ष होम थापाले जानकारी दिए ।

रगत वान्ता गरेका मगरको कञ्चटमा चोट देखिएको छ । अत्यधिक मादक पदार्थ सेवन गरेका कारण मगरको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले जानकारी दिए ।

मगरको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ