arrow

मिडिया विधेयक फिर्ताको माग राख्दै हस्ताक्षर सङ्कलन

logo
ईश्वरदत्त बडू,
प्रकाशित २०७६ असार ५ बिहिबार
signature.jpg

कञ्चनपुर । प्रस्तावित मिडिया विधेयक फिर्ताको माग राख्दै कञ्चनपुरमा हस्ताक्षर गरिएको छ । बुधबार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले महेन्द्रनगरमा हस्ताक्षर संकलन गरेको हो । 

महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु दत्त अवस्थीले विधेयक पत्रकारको हित विपरित भएकाले सरकारले फिर्ता लिनुपर्ने माग अघि सारेर हस्ताक्षर अभियान संकलन गरिएको बताए । अध्यक्ष अवस्थीले केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा समेत हस्ताक्षर अभियान संकलन गरिएको बताए । 

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापाले सञ्चारक्षेत्रलाई नै निस्तेज पार्ने खालका विधेयक ल्याउन नहुने तर्क गर्दै पत्रकार आफैले सीमा नाग्न नहुनेमा जिकिर गरे । 

भीमदत्त नगरपालिका–४का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले लोकतन्त्रका पक्षधर मिडिया भएकाले लोकतन्त्र नै मास्ने हिसाबले सरकारले ल्याउन लागेको विधेयक फिर्ता लिनुको विकल्प नभएको बताए । मिडिया विधेयक फिर्ता नलिए शसक्त आन्दोलन गर्ने पत्रकार महासंघले चेतावनी दिएको छ । 

कञ्चनपुरका स्थानीय जनता, खेलाडी, जनप्रतिनिधि तथा राजनैतिक दलका नेताले समेत विधेयक प्रेस स्वतन्त्रता विपरित भएको भन्दै हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ