arrow

खगोलविद्ले पत्ता लगाए आकाशगंगाको सोलर मास

logo
एजेन्सी,
प्रकाशित २०७६ असार ५ बिहिबार
milky-way-galaxy.jpg

काठमाडौं। हबल र गाइया स्पेस टेलिस्कोपको सहयोगमा खगोलविद्हरुको अन्तर्राष्ट्रिय टोलीले हाम्रो आकाशगंगा (मिल्कीवे) तारापुन्ज (ग्यालेक्सी) को अनुमानित तौल पत्ता लगाएका छन्। पछिल्लो एक अनुमान अनुसार आकाशगंगाको तौल ५ खर्ब सोलर मास देखि ३० खर्ब सोलर मासको बीचमा रहेको बताएका छन्। एक सोलर मास सूर्यको तौल बराबरको हुन्छ।

यसै विषयमा हाम्रो आकाशगंगा तारापुन्जको तौलको विषयमा आशंका तथा नियम बनिरहेको पाइन्छ। ग्यालेक्सीको तौल पत्ता लगाउनु निकै कठिन कार्यको रुपमा मानिँदै आएको छ। देख्न पनि कठिन हुने यो मापनको लागि खगोलविद्हरुले विभिन्न तरिका अपनाहिरहेका छन्। यसले ९० प्रतिशत भागको तौलको आँकलन गरिएको उनीहरुले बताएका छन्। तर, प्रत्यक्षरुपमा यसको मापन भने गर्न सकिँदैन। अझै पनि अध्याँरो भागको तौलको आँकलन गर्न सकिएको छैन। 

अझै पनि वैज्ञानिकहरुले मिल्कीवे ग्यालेक्सी अर्को ग्यालेक्सीसँग कस्तो किसिमको प्रतिक्रिया गर्छ भन्ने कुरा अझै पनि खोजिको विषय रहेको बताएका छन्। साथै आन्तरिक संरचनाको परिवर्तन लगायतका केही महत्वपूर्ण जानकारी पाउन सकिएको छैन। 

पछिल्लो समय अन्तरिक्षको विषयमा जानकारीका लागि जर्मनीलगायतका अन्य मुलुकका वैज्ञानिकले नासाको हबल र यूरोपेली स्पेस एजेन्सी गाइयाको टेलिस्कोपबाट अन्तरिक्षको अध्ययन गर्दै आएका छन्। यसैबीच आगामी दिनमा प्रकाशित हुन गइरहेको एक अधययनमा भने आकाशगंगाको तौल १५ खर्ब सोलर मासबराबरको हुनसक्ने उल्लेख छ। 

नयाँ अनुसन्धान अनुसार, आकाशगंगा (मिल्कीवे) तारापुन्जमा २ खर्ब वा सो भन्दा बढि ताराहरु छन्। यिनीहरुको तौल ६० अर्व सोलर मासबराबर छ। यसले ४ प्रतिशतको हिस्सा ओगट्ने गरेको छ। त्यस्तै ग्यास, ग्रह, धुम्रकेतु, पुच्छेतारा र अन्य अन्तरिक्ष वस्तुहरुको अंश १२ प्रतिशत छ। बाकी ८४ प्रतिशत भाग अध्याँरो वस्तुले ढाकिएको छ।

हाम्रो ग्यालेक्सीको बीचमा एउटा ब्ल्याक होल (कालो क्षिद्र) छ। त्यसको तौल भने ४० लाख सोलर मास बराबर रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ