arrow

ट्याबलेट उत्पादन बन्द गर्दै गुगल 

logo
एजेन्सी
प्रकाशित २०७६ असार ६ शुक्रबार
google.png

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले आफ्नो ट्याबलेट उत्पादन रोक्ने निर्णय गरेको छ । गुगलका प्रवक्ताले दिएको जानकारीअनुसार कम्पनीले सार्वजनिक हुन बाँकी रहेको दुईओटा ट्याबलेटको उत्पादन रोकेको हो । ट्याबलेटको सट्टामा कम्पनीले आफ्नो ल्यापटप उत्पादनमा ध्यान दिने उनले बताएका छन् । 

गुगलले दिएको जानकारीअनुसार क्रोमको अपरेटिङ सिस्ट, गुगलको अपरेटिङ सिस्टमहरु भने पिक्सेल ल्यापटप र अन्य ट्याबलेटमा भने जारी रहनेछ । कम्पनीका अनुसार केवल ट्याबलेट निर्माणको काम मात्र रोकिएको हो । यसका लागि आवश्यक सफ्टवेयरको काम भने जारी रहनेछ । 

अहिले ट्याबलेट निर्माणको क्षेत्रमा काम गरिरहेका कर्मचारीहरु कम्पनीको ल्यापटप निर्माणमा खटाइएको छ । बाँकी सबैलाई भने एक महत्वपूर्ण कामको जिम्मा दिइएको उल्लेख छ । 

गुगलका अनुसार आगामी दिनमा सार्वजनिक गर्न लागिएका ट्याबलेटहरु १२ दशलवम ३ इन्चको यसअघिको पिक्सलबुकभन्दा सानो थियो । यसअघि गुगलले गत अक्टोबरमा क्सिलबुक ट्याबलेट सार्वजनिक गरेको थियो । गुगलले अहिले निर्माण गरिरहेको ट्याबलेट निर्माणको गुणस्तरको परीक्षणमा कम्पनीको मापदण्डअनुसार मेल नखाएपछि उत्पादन बन्द गर्ने निर्णय गरिएको हो । 

गुगलले निर्माण गरेको ट्याबलेटले उपभोक्ताको माया भने पाउन सकेको छैन । सन् २०१५ मा गुगलले आफ्नो पहिलो ट्याबलेट पिक्सेल सी सार्वजनिक गरेको थियो । त्यसपछि पनि कम्पनीले केही ट्याबलेट सार्वजनिक गरेको थियो । तर, स्थापित प्रविधि कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेसँगै कम्पनीले यस्तो निर्णय गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ