एनआरएनए स्कटल्याण्डद्वारा कालिकोटको अस्पताललाई सहयोग
प्रकाशित २०७६ असार ६ शुक्रबार
720
Shares
स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रबि लामिछाने फाउन्डेसन मार्फत रास्कोट अस्पताल प्रदान गरिएको बताए ।
सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो।
रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ भने अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ। अध्यक्ष मोहन कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु गर्ने बताएका छन् ।