arrow

आफ्नै मन्त्रीको भाषण सुनेर हाँसे मोदी, मुस्कुराइरहे राहुल र सोनिया

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
athawale-modi-sonia-rahul.jpg

काठमाडौं । भारतको १७ औं लोकसभाको तेस्रो दिन राजस्थानको कोटाबाट भाजपाको सांसद ओम बिडलालाई लोकसभाको निर्विरोध अध्यक्ष मनोनीत गरिएको थियो । उनलाई मनोनीत गरिएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अन्य सांसदहरुले पनि उनको प्रशंसा गरेका थिए ।

यसै क्रममा मोदीका मन्त्री रामदास आठवलेले ओम बिडलालाई आफ्नै तरिकाले बधाइ दिए । उनले कविता सुनाएर बिडलालाई बधाई दिएका थिए। यो कविता सुनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राहुल गान्धी र सोनिया गान्धीसम्मका नेता हाँसेका थिए ।

उनीहरुमात्र होइन सदनका सबै सांसदलाई उनले भरपूर मनोरञ्जन दिएका थिए। आठवलेले राहुल गान्धीलाई जन्मदिनको अवसरमा बधाई दिएका थिए। उनले राहुल गान्धीले प्रधानमन्त्री बन्न धेरै प्रयास गरेको तर लोकतन्त्रमा जनताले चाहेको कुरा मात्र हासिल भएको बताए ।

कांग्रेसको सत्ता हुँदा आफू कांग्रेसकै पक्षमा रहेको बताउँदै उनले कांग्रेसको सत्ता नरहेकोले आफू पनि कांग्रेसको साथमा नरहेको बताए । चुनावअघि सम्म कांग्रेसले आफ्नो पार्टीमा बोलाउनका लागि गरेको प्रयास सम्झँदै उनले आफूले माहोल मोदीको पक्षमा देखेपछि मोदीकै पक्षमा लागेको बताए ।

उनले सधैंजस्तो यसपटक पनि कविताको माध्यमबाट लोकसभामा आफ्नो कुरा राखेका छन् । उनको कविता यस्तो छ:

'एक देश का नाम हे रोम, लोकसभा के अध्यक्ष बन गए बिडला ओम
लोकसभा का आपको अच्छी तरह चलाना हे काम, वेल मे आने वालो का ब्ल्याक लिस्ट मे डालना है नाम
नरेन्द्र मोदी ओर आपका दिल हे विशाल, राहुल जी आप रहो खुशहाल
हम सब मिलकर एकता की मशाल, भारत को बनाते हे ओर भी विशाल
आपका राज्य हे राजस्थान, लेकिन लोकसभा की आप बन गए शान
भारत की हमे बढानी हे शान, लोकसभा चलाने के लिए आप हे परफेक्ट हे म्यान'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ