arrow

अमेरिकामा हुवावेईका फोन बेच्न फेडएक्सद्वारा अस्वीकार

logo
एजेन्सी
प्रकाशित २०७६ असार ७ शनिबार
huawei2.png

काठमाडौं । फेडएक्सले अमेरिकामा हुवावेईका स्मार्टफोन अमेरिकामा बिक्री नगर्ने भएको छ । कम्पनीले पीसी म्यागेजिनमा सार्वजनिक भएको एक प्रतिवेदनअनुसार हुवावेईको पी३० अमेरिका आपूर्तिका लागि फेडएक्सले अस्वीकार गरेको हो । 

बेलायतबाट अमेरिका पठाइएको फोन केही दिनपछि बेलायत नै फिर्ता गरिएको छ । 

अमेरिका र हुवावेईको सम्बन्धको विषयमा देखिएको आशंकाको बीचमा फेडएक्सले यस्तो निर्णय गरेको हो । निर्यातकर्ताले प्रदान गरेको आईएमईआई नम्बरको सहयोगमा अमेरिका पठाइएको फोन हुवावेईका स्मार्टफोन रहेको खुलेको हो । यस विषयसँग जानकारका अनुसार यस विषयमा कुनै कानुनी मुद्दाको समाधान नहुञ्जेलसम्मका लागि हुवावेईको विषयमा कुनै निर्णय नगरिने बताइएको छ । 

अहिलेसम्म कुनै नियमको कारण उक्त फोनहरु फिर्ता गरिएको हो भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । 

पछिल्लो केही महीनादेखि हुवावेईका सामग्रीमाथि लगाइएको रोकको बीचमा यस्तो घटना घटेकोले यसलाई संयोग मान्न नसकिने विश्लेषकहरुको भनाइ छ । अहिले हुवावेईलाई अमेरिकी कम्पनीसँग सहकार्यका लागि रोक लगाइएको छ । यो रोकले पनि बेलायतबाट स्मार्टफोन आपूर्तिमा भने कुनै असर गर्दैन । 

अहिलेसम्म कुनै पनि आयातकर्ताले हुवावेईलाई लक्षित गरी यस्तो योजना अघि सारिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ