arrow

को हुन् इन्टरनेटका मालिक ? सेवा प्रदायकहरु मालिक कि उपभोक्ता  ?

logo
प्रकाशित २०७६ असार ७ शनिबार
internet-.jpg

काठमाडौं । इन्टरनेट हाम्रो दैनिकीको जरुरी हिस्सा बनिसकेको छ । आज हरकाममा हामी इन्टरनेटको मद्दत लिने गर्दछौं । सामान्य घरेलु कामदेखि ठूला ठूला सैनिक तालिमहरुको लागि पनि इन्टरनेटको नै प्रयोग गर्ने गरिन्छ । इन्टरनेटले हाम्रो दुनियाँलाई एकदमै नजिक ल्याउने गरेको छ । साथमा हामीले जे सिक्न चाहन्छौं त्यो सजिलै सिक्न सक्ने समेत बनाइदिएको छ । 

इन्टरनेट एक अर्कासँग जोडिएकोको कैयौं कम्प्यूटरहरुको एक जालो हो । जो राउटर एवं सर्भरको माध्यमद्वारा दुनियाँको कुनैपनि कम्प्यूटरलाई आपसमा जोड्ने काम गर्दछ । अर्को शब्दमा भन्ने हो भने सूचनाहरुको आदान प्रदान गर्नको लागि टीसीपी आइपी प्रोटोकलको माध्यमद्वारा दुई कम्प्यूटरहरुकोबीच स्थापित सम्बन्धलाई इन्टरनेट भनिन्छ । इन्टरनेट विश्वको सबैभन्दा ठूलो नेटवर्क हो।

आज इन्टरनेट हरेक सरकारी सुविधादेखि लिएर आम कार्यकोलागि प्रयोग गर्ने गरिन्छ । हामी यदि डेबिट कार्डद्वारा एटिममा पैसा निकाल्छौं भने त्यो समेत इन्टरनेटको नै हिस्सा हो। अब यो प्रश्न धेरैलाई आउन सक्छ कि यो विशाल नेटवर्कको मालिक को हुन् ? जसले यस सुविधा हामीलाई दिइरहेको छ । 

यदि हामी आफ्नो स्मार्टफोनको कुरा गर्दछौं भने इन्टरनेटमा एनटिसी, एनसेल लगायतको सिमकार्डको माध्यमद्वारा यसको सुविधा पाउन सक्दछौं । वास्तवमा यी कम्पनीहरु इन्टरनेटको मालिक होइनन् । यी त केवल यही विशाल नेटवर्कसँग इन्टरनेट लिएर केही शुल्क लिएर दिने सेवा मात्रै हो । यसलाई जान्नु भन्दा पहिले हामी कुनैपनि इन्टरनेटको कनेक्सन कसरी हुन्छ भन्ने बारेमा बुझौं । उदाहरणको लागि हामीले युट्यूबमा जब गीत सुन्छौं । त्यसको सञ्चालन हजारौं किलोमिटर टाढा रहेको युट्युबको सरबरबाट सञ्चालित हुन्छ । त्यहाँबाट सञ्चालित गीत हाम्रो मोबाइलमा बज्नेसम्म कुनै न कुनै भौतिक संयोजन त अवश्य हुन्छ। 

यहाँ हामीले नेपाल टेलिकमको सेवा लिने हो भने क्यालिफोर्नियाँमा रहेको युट्यूबको सर्बरसँग कसरी कनेक्सन हुन्छ ? नेपाल टेलिकमको सेवा त त्यहाँसम्म पुगेको छैन । यस्तो अवस्थामा नेपाल टेलिकमले पनि अर्को सेवाप्रदायकलाई पैसा तिरेर सेवा किन्छ र त्यही सेवा हामीहरुलाई बेच्ने गर्दछ । इन्टरनेटको आइएसपीहरुलाई अलग अलग भागमा विभाजित गरिन्छ । जस्तो टियर एक, टियर दुई, टियर तीन आदि ।  यस्तोमा सबैभन्दा माथि टियर वान आइएसपी भनिन्छ । जसले आफ्नै पैसाले समुद्रमा यसको सरबर विच्छ्याएको छ ।   

यसमध्ये सबैभन्दा माथिल्लो अर्थात् टियर वानमा रहेका लेभल ३, एटी एण्ड टी, भेराइजन र एनटिटी डोकोमो जस्ता कम्पनीहरु मूल रुपमा इन्टरनेटका मालिकहरु हुन् । त्यसपछि राष्ट्रिय स्तरमा रहेका नेपालको हकमा एनटीसी, एनसेल जस्ता टेलिकमहरु दोस्रो तहका मालिकहरु हुन् भने एनटीसी र एनसेल जस्ता दोस्रो तहका कम्पनीसँग पनि कुनै क्षेत्रीय कम्पनीहरुले इन्टरनेट खरीद गरेर आफ्ना सेवाग्राहरुलाई दिन्छन् भने उनीहरु पनि दोस्रो तहका मालिकहरु हुन् । यसरी इन्टरनेको मूल मालिक भनेको विभिन्न देशहरुलाई इन्टरनेटमा जोड्नको लागि आफ्नै पैसाले समुद्रमा फाइबर बिच्छ्याउने माथि उल्लेखित ४ कम्पनीहरु नै इन्टरनेटका मूल मालिकहरु हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ