- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हङकङ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ ले देखाएको बाटोमा मुलुक अगाडि बढेको बताएकी छिन् ।
गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको हङकङ शाखाको उद्घाटन गर्दै उनले नयाँ नेपालको सुरुवात गिरिजाबाबुले गरेको बताएकी हुन् ।
“नेपाल र विदेशी मुलुकको सम्बन्ध राम्रो बनाउन फाउण्डेशनले पुलको काम गर्नेछ,”–नेतृ कोइरालाले भनिन् । मुलुकको विकासको जग गिरिजाबाबुले बसालेको उनको भनाई छ ।
नेत्री कोइरालाले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागि फाउण्डेशनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
गिरिजाबाबुले नेपालको राजनीति आन्दोलनमा गरेको योगदानलाई समावेश गरेर विराटनगरमा म्युजियम निर्माण गरिने उनले उल्लेख गरेकी छिन् ।
फाउण्डेशन हङकङ शाखाका संयोजक दुर्गा गुरुङले फाउण्डेशनले हङकङ र नेपालको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।