arrow

मैत्रीपूर्ण फुटबलमा स्पेन र इट्ली बराबरीमा रोकिए, ग्रिस र टर्की जित्यो

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
alessandro-florenzi.jpg.jpeg
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा स्पेन र इट्लीले एक–एक गोलको बराबरी खेलेका छन् । इट्लीमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लोरेन्जो इन्सिग्नेले पहिलो गोल गरे । लोरेन्जोले गोल गरेको तीन मिनेटपछि स्पेनिश टोलीका अरिज अडुरीजले गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । 
 
यस्तै, ग्रिसले मोन्टेनेग्रोलाई २–१ ले हरायो । टर्कीले घरेलु मैदानमा स्वीडेनलाई २–१ ले हराउँदा डेनमार्कले समेत आइसल्याण्डविरुद्ध २–१ कै जित निकाल्यो । युक्रेनले साइप्रसलाई १–० ले हराउँदा स्कटल्याण्डले चेक गणतन्त्रलाई १–० ले नै स्तब्ध तुल्यायो । नर्दन आयरल्याण्ड र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै, इस्टोनिया र नर्वे तथा माल्टा र मल्दोभाले गोलरहीत बराबरी खेले ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ