arrow

‘बिग बोस १३’मा ४ अर्ब भारु सलमानको रेट

logo
प्रकाशित २०७६ असार ८ आइतबार
salman6.jpg

काठमाडौं । भारतको चर्चित शो ‘बिग बोस’ सबै त्यसमा सहभागी प्रतिस्पर्धी र सलमान खानको आम्दानीको विषयलाई लिएर चर्चामा आउने गरेको छ । गत वर्ष सलमान खानले एक एपिसोडका लागि ११ देखि १४ करोड भारु लिएको समाचार सार्वजनिक भएको थियो ।

यसपटक पनि उनको तलबको विषय चासोको विषय बन्न पुगेको हो । यसपटक उनको तलब यसअघिको तुलनामा दोब्बर हुनसक्ने चर्चा छ । यस विषयमा जानकारी दिने ‘द खबरी’का अनुसार सलमानले आफ्नो प्रोडक्सन हाउसको व्यापार बढाउने निर्णय गरेका छन् । ‘नच बलिए ९’ र कपिल शर्मा शोपछि सलमान खानले ‘बिग बोस’का निर्मातासँग काम गर्ने फैसला गरेका हुन् ।

प्रतिवेदनअनुसार बिग बोस १३ का लागि उनले ४ अर्ब भारु लिनेछन् । सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार उनले एउटा साताको दुई शोका लागि ३१ करोड भारुसम्म लिनेछन् । समाचारमा बताइएअनुसार यो शो १३ साताको हुनेछ । तर, आधिकारिक रुपमा भने यस विषयमा कुनै जानकारी दिइएको छैन ।

आगामी सेप्टेम्बर–अक्टोबरको बीचमा शुरु गर्नसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ