arrow

मरेपछि औषधी, १४ बर्ष जेलमा विताएर मृत्यु भएको पाँच बर्षपछि निर्दोष सावित

logo
प्रकाशित २०७६ असार ८ आइतबार
high-court-koltota1.jpg

काठमाडौं । देशद्रोहको मामिलामा १४ वर्षदेखि जन्मकैदको सजाय काटिरहेका तीन व्यक्तिलाई भारतको उच्च अदालतले निर्दोष साबित गरेको छ । यसमध्ये एकजनाको पाँच वर्षअघि नै ज्यान गइसकेको छ ।
 
यसअघि सन् २००५ मा भारतको तल्लो अदालतले देशद्रोहको मामिलामा उनीहरुलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसपछि सन् २००६ मा कलकत्ता उच्च अदालतमा तल्लो अदालतको निर्णयलाई चुनौती दिँदै उजुरी दर्ता गरिएको थियो । तर, तल्लो अदालतले दोषी ठहर गरेका सुशील रायको सन् २०१४ मा मृत्यु भएको थियो ।  उच्च अदालतका न्यायधिश सन्जीव बनर्जी र शुभ्रा घोषको बेन्चले शुक्रवार तीनै जनालाई देशद्रोहको आरोपबाट मुक्त गरेका हुन् ।

उनीहरुलाई माओवादी प्रभावित जंगलमहलको झाडग्रामबाट गिरफ्तार गरिएको थियो । उनीहरुमाथि सार्वसाधारणलाई हतियार उठाउन उक्साएको आरोप लगाइएको छ । त्यतिबेला उनीहरुको साथबाट माओवादी साहित्य र अन्य केही सामग्री पाइएको थियो तर हतियार भने भेटिएको थिएन ।

प्रहरीले उनीहरुबाट केही हतियार पनि बरामद गरिएको दाबी गरेको थियो । तर, अदालतले उक्त हतियारसँग उनीहरुको कुनै किसिमको सम्बन्ध नरहेको पुष्टि गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ