arrow

आदिवासीको चरणमा गिरे पादरी, पानीमा दौडदै आएको देखेर भए छक्क

logo
अध्यात्म,
प्रकाशित २०७६ असार ८ आइतबार
padaris.jpg

काठमाडौं । एउटा टापूको नजिकबाट एक ईसाई पादरी जहाजमा गइरहेका थिए  ।  पादरीले सोचे,' सायद यस टापुमा नास्तिक मानिसहरु बसेका हुनसक्छन् उनिहरुले भगवानको प्रार्थना सिक्न आवश्यक छ ।' यति सोचेर उनले आफ्नो जहाज त्यो टापुको किनारमा रोक्छन् । टापुभित्र प्रवेश गर्ने वित्तिकै उनले मानिसहरु ध्यानवत् बसेका तथा भगवानको ध्यान गरिरहेका देख्छन।

 पादरीले सोधे,'तिमिहरु के गरिरहेका छौ ?' त्यो समुदायका मानिसहरु जो त्यहाँका आदिवासी थिए उनिहरुले भने,'भगवानसँग प्रार्थना गरिरहेका छौ, भगवानको भक्ति गरिरहेका छौ ।'

पादरीले भने,'यसरी चुपचाप बस्नु भगवानको प्रार्थना होइन र नत यो भगवानको पूजा हो । असली पूजा र प्रार्थना त बाइबलमा लेखिएको छ जसलाई तिमिहरुले कन्ठस्थ गर्नुपर्नेछ ।'

फेरी पादरीले उनिहरुलाई बाइबल पढाए र त्यसमा लेखिएको सारा प्रार्थना जब ती आदिवासीलाई कन्ठस्थ भयो तब पादरी निकै खुशी भए।

आफ्नो कार्य समाप्त भएको सम्झिएर ती पादरी आफ्नो जहाजमा बसेर गए । केहि टाढा पुगेपछि पछाडि फर्किएर हेरे तब कालो कालो कालो छायाँ उनको जहाजलाई पछ्याउदै आइरहेको देखे । उनलाई अचम्म लाग्यो कि उनको पछि के आइरहेको छ । ठम्याएर जब उनले हेरे तब थाहा पाए समुदायका केहि बुजुर्गहरु पानी माथि कुदेर आइरहेका थिए । उनलाई निकै आश्चार्य लाग्यो आखिर यी पानीको माथि कसरी कुदिरहेका छन् ।

उनले आफ्नो जहाजलाई रोके ती बुजुर्ग मानिस जहाजमा चढे र हात जोड्दै पादरीलाई भन्न थाले,' महाराज ! तपाईले जुन प्रार्थना सिकाउनुभएको थियो, त्यो हामीलाई पूरै याद भएन। कृपा गरेर त्यसलाई पुन: दोहोराइ दिनुहोस, जसबाट हामी भगवानको पुजा सहि ढंगले गर्न सकु ।'

पादरीलाई निकै आश्चर्य लाग्यो। मैले जुन प्रार्थना यिनिहरुलाई रटाएको थिए ती प्रार्थनाहरु विर्सिएपछि पनि यिनिहरुले कुन प्रार्थना गरे जसको शक्तिको प्रभावबाट यी पानीमा कुदेरै म भएको ठाँउसम्म आइपुगे ।

उनले भने,'भाइ मेरो बाइबलको प्रार्थनाको कुरा छोड, पहिले मलाई यो भन कि तिमिहरु पानीको माथि चलेर कसरी आइरहेका छौ ?'  

उनिहरुले भने,'हजुर हामीलाई त केहि आउदैन हामीले त भगवानसँग यही भन्यौ कि हे भगवान पादरीजीले हामीलाई जो प्रार्थना सिकाएका थिए, त्यो हामीले भूल्यौ । यसकारण हे भगवान हामी कुदेर पादरी भएको ठाँउमा जादै छौ किनभने हामीसँग नौका पनि छैन, तपाई कृपा गरेर हामीलाई त्यहाँसम्म पुर्याउनु होला । यो उनै भगवानको कृपा हो जसको शक्तिबाट हामी पानी माथि कुदेर तपाई भएको ठाँउसम्म आइपुगेका छौ ।'

यो सुनेर पादरी ती वृद्धहरुको चरणमा गिरे र भन्न थाले,'तपाईहरु मेरो प्रार्थनालाई बिर्सनुहोस तर तपाईहरु आफ्नो प्रार्थना गर्ने तरीका मलाई सम्झाइ दिनुहोस । अहिलेसम्म म तपाईहरुको गुरु बनेको थिए, तर अब तपाईहरु मेरो गुरु बनेर मलाई प्रार्थना गर्न सिकाउनुहोस ।'

यो हो विश्वासको शक्ति जुन विश्वासका कारण भगवान उनिहरुको प्रार्थना सुन्ने गर्दथे। तव भनियो-
तसलसी अपने राम को, रीझ भजो या खीझ।
भूमि पर अग जायेगे, उल्टे- सुल्टे बीज ।।

धर्तीमा जुन बीज गिर्नेछ त्यो त उम्रनेछ चाहे उल्टो गिरोस वा सुल्टो गिरोस । यदि हामी भित्र पवित्रता छ विश्वास छ र ज्ञानको बीज हामी भित्र छ भने त्यो ज्ञानको बीज अवश्य उम्रनेछ र हामी अवश्य भक्तिपद प्राप्त गर्नेछौ ।        

आजकल मानिसहरु भन्छन् हामी कसरी र कुन व्यक्तिलाई विश्वास गर्नु किनभने विश्वासको त जमानानै रहेन ? हामी जब बसमा बसेर कतै यात्रा गर्छौ भने बस चालकमा विश्वास राख्नु आवश्यक छ । चाहे उसले १०० को स्पिडमा गाडीलाई कुदाएपनि, हामी सोच्दैनौ कि यसले गाडी पल्टाउदैछ, अर्को गाडीसँग ठोकाउदैछ, पुलबाट झार्दैछ । हामी चालकको क्षमतामा विश्वास मानेर चुपचाप बसि रहन्छौ ।  त्यस्तै जब हामी विमानमा चढ्छौ तब पाइलटसँग विश्वास राख्न आवश्यक छ ।   

तपाई डाक्टर भएको ठाँउमा जानुहोस, अप्रेशन थ्रिएटरमा जानुहोस, त्यहाँ पनि विश्वास गर्नुपर्छ कि डाक्टरले ठिक ढंगले अप्रेशन गर्नेछ । यसै प्रकार भक्ति मार्गमा पनि जुन ज्ञानी छन्, जो श्रोत्रिय ब्रह्मनिष्ठ हुन्छन्, उनलाई जानेर पहिचान गरेर जब उनि माथि हामी विश्वास गर्नेछौ तब त्यो ज्ञानको लाभ मिल्नेछ ती महापुरुषहरुबाट लाभान्वित हुन सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ