arrow

काम खाडीको यात्रा भाषा संस्कृति रक्षाको 

logo
प्रकाशित २०७६ असार ९ सोमबार
rblama.jpg

काठमाडौं । नुवाकोट किमताङ्गमा स्थायी घर भई साउदी अरबलाई कर्मथलो बनाएर आफनो साँगीतिक यात्रा शुरु गरेका गायक आरबी लामाले पछिल्लो समय आफ्नो भाषा तथा सँस्कृतिको रक्षा गर्दै गीत सँगीतको क्षेत्रमा आफुलाई स्थापित गर्न लागि परेका छन् । 

तामाङ्ग भाषाका विभिन्न ८ वटा र नेपाली भाषाका ३ वटा गीतहरु रेकर्ड गरिसकेका गायक लामाले ३ वटा तामाङ्ग भाषाका गीतमात्र सार्वजनिक गरेका छन् । 

सार्वजनिक भएका गीतहरुबाट सोचे भन्दा बढी नै सकारात्मक प्रतिक्रिया पाएकोले पनि यस क्षेत्रमा लाग्न अझ उत्साह मिलेको उनको अनुभव छ । 

सार्वजनिक भएका सीम सीम लाबा, किम्ताङ्ग स्योङ, कोशिङ रो रो गीतहरु तामाङ्गभाषीहरुबीच अत्यधिक लोकप्रिय छन् । 

गाउँघरमा गुन्गुनाईने भाका, सबैले बुझ्न सक्ने शैली, प्रियतम प्रियसीका बीचमा हुने विभिन्न रमाईला घटनामा आधारित शब्द, लय र सँगीतमा गीत तयार भएको हुनाले पनि छोटो समयमा के केटाकेटी, के बुढाबुढी, के युबायुबती सबैका सामु लोकप्रियता हाँसिल गरेको गायक लामा बताउँछन् । 

सर्बप्रथम रिलिज भएको गीत सीमसीम लाबा अरु सबै गीतभन्दा पनि उत्कृष्ट रहेको गायक बताउँछन् । युबा अबस्थामा रसरंगमा रमाउने प्रेमजोडीहरुका प्रेममय भाबहरुका बीचमा रहेका परिघटनामा आधारित गीत भएकोले पनि यो गीतको लोकप्रियता चुलिएको हो । 

यो गीतको म्युजिक भिडियो पनि सन्स नेपालको युट्युब च्यानलबाट सार्बजनिक भएको छ । यसको म्युजिक भिडियोमा मिस तामाङ्ग २०१८ कि फस्ट रनरअप रन्जिता लामा, म्हेन्दामायाका चर्चित मोडेल याङछु तामाङ्गको अभिनय रहेको छ भने मेहेन्दोमायाकि चर्चित गायिका मिना लामाको शब्द–संगीत, राजु खडकाको एरेन्जिङ्ग रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ