arrow

मंगल ग्रहमा भेटियो मिथेन ग्यास 

logo
एजेन्सी
प्रकाशित २०७६ असार ९ सोमबार
mangal.JPG

काठमाडौं । नासाले मंगल ग्रहमा मिथेन ग्यास रहेको पत्ता लगाएको छ । नासाको मंगल ग्रहमा पठाइएको विमानले उक्त ग्रहमा मिथेन ग्यास रहेको पत्ता लगाएको छ । उक्त विमानले सात वर्षमा पहिलोपटक मिथेन ग्यास भेटिएको पुष्टि गरेको हो । 

मिथेन ग्यास पाइएसँगै मंगल ग्रहमा जैविक सम्भाव्यता हुनसक्ने आशंका उत्पन्न भएको छ । 

न्युयोर्क टाइम्समा प्रकाशित एक प्रतिवेदनअनुसार वैज्ञानिकले यो मिसनअन्तर्गत पाएको आन्तरिक इमेलको आधारमा मंगल ग्रहमा मिथेन ग्यास भएको हुनसक्ने बताएका हुन् ।

आइतवार नासाले उक्त इमेलको आधारमा नासले मंगल ग्रहमा मिथेन ग्यास रहेको पुष्टि गरेको हो । नासाको उपकरणले मंगल ग्रहमा एक अर्बमा २१ भाग मिथेन ग्यास रहेको बताएका हुन् । यो परिमाण यसअघिको अनुमानको तुलनामा धेरै हो । 

मिथेन पृथ्वीको जैविक अस्तित्वको लागि निकै महत्वपूर्ण तत्व हो । यसअघि पनि मंगल ग्रहमा मिथेन हुनसक्ने अनुमान वैज्ञानिकले बताउँदै आएका छन् । सन् १९७० को दशकमा पनि मंगल ग्रहमा मिथेन ग्यास रहेको हुनसक्ने एक प्रतिवेदनले देखाएको थियो । 

मिथेन पत्ता लाग्नुको अर्थ मंगल ग्रहमा जैविक अस्तित्व हुनैपर्छ भन्ने केही छैन । मंगल ग्रहमा गरिएको अनुसन्धानमा नियमित रुपमा मिथेन आइरहेको पाइएको छ । तर, उक्त ग्यास कहाँबाट आउँछ भन्ने कुरा भने अझै अन्योलमा छ । 

अझै यस विषयमा धेरै अनुसन्धान बाँकी रहेको नासाले बताएको छ । नासाले अहिलेसम्म मिथेन कहाँबाट आउँछ भन्ने कुरा पत्ता लगाउनसक्ने कुनै उपकरण नभएको बताएको छ । 

अहिलेको उपकरणले मिथेलको स्रोत मिथेन जीवजन्तुहरुबाट नै उत्पन्न भएको हो वा होइन भन्ने कुराको निक्र्योल गर्न नसक्ने वैज्ञानिकहरुले बताएका छन् ।  

पछिल्लो समय नासाले नयाँ प्रविधिको प्रयोग गरेर अन्तरिक्षको अध्ययन व्यापक बनाइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ