arrow

सांसद सनीका बुवा धर्मेन्द्र यसरी विताउदै छन् जीवन

logo
प्रकाशित २०७६ असार ९ सोमबार
cow-dharmendra1.jpg


सांसद सनीका बुवा धर्मेन्द्र यसरी विताउदै छन् जीवन, शेयर गरे गाईको भिडियो
काठमाडौं । भारतीय अभिनेता धर्मेन्द्र अहिले सामान्य किसानी जीवन बिताइरहेका छन् । उनी आफ्नो फार्म हाउसमा आफ्नो समय बिताइरहेका छन् । उनी खेती पनि गर्दै आएका छन् । साथै, बेलाबेलामा उनले सामाजिक सञ्जालमा केही भिडियो पनि सार्वजनिक गर्ने गरेका छन् ।

हालसालै उनले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो शेयर गरेका छन् । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा उनले फार्मको गाईको विषयमा बताइरहेका छन् । उनले यो भिडियो शेयर गर्दै आफूलाई गाईले नजिक आउन नदिएको उल्लेख गरेका छन् ।

धर्मेन्द्रले खिच्ने गरेका भिडियोमा उनको निजी जिन्दगीको झलक देखिन्छ । केही दिनअघि उनले फार्महाउसमा फलहरु लागेको चर्चा गरेका थिए। धर्मेन्द्रले एवाकाडोको रुखले फल दिएको बताउदै निकै खुशी भएका थिए । उनले रुख बबी देओलले लगाएको बताएका थिए । उनको फार्महाउसमा अर्गानिक तरकारी र फल उत्पादन हुन थालेको छ । सो फार्महाउसको हेरविचारमै धर्मेन्द्र व्यस्त हुने गरेका छन् ।  

धर्मेन्द्रले फार्ममा टमाटर र बैगुन पनि लगाएका छन् ।  धर्मेन्द्रले खेती गर्न मनपर्ने बताउदै भने , ‘खेती गर्नुको मज्जा साथै मिलेर काम गर्नुमा छ । यसमा काम गर्न र गराउने दुवैलाई आनन्द मिल्छ । उनले भनेका छन्, ‘सृष्टिको काखमा उनको देन यस्तै कृपा रहिरहोस र सबैको माया मिलोस । म यसैमा खुशी छु ।’

केही दिनपहिले धर्मेन्द्रले फिल्म दबंग ३ मा सलमान खानको पिताको भूमिका भूमिका निभाउन सक्ने बताइएको छ । यसअघि दबंग सिरिजमा विनोद खन्नाले सलमान खानको पिताको भूमिका निभाएका थिए ।

धर्मेन्द्रकी पत्नी हेमा मालिनी र छोरा सनी देवल भारतको तल्लो सदन लोकसभाका सांसद हुन् । उनीहरुले केही दिनअघि मात्र सांसदको शपथ लिएका छन् ।

धर्मेन्द्र बलिउड 'ड्रीम गर्ल'  श्रीमती हेमा मालिनीको लागि चुनाव प्रचारका लागि मथुरा पुगेका थिए । धर्मेन्द्र चुनाव प्रचारमा लागेपछि हेमा मालिनीले खुशी हुदै ट्विटरमा तस्विर अपलोड गरेकी थिइन् । श्रीमती र छोराले भारतीय जनता पार्टीबाट चुनाव जीतेसँगै धर्मेन्द्र खुशीले दंग भएर नाचेका थिए। उनिसँगै अर्का छोरी बबी देवल समेत दाइ र आमाको जीतमा दंग छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ