arrow

दुर्घटना हुनुपूर्व आफैं ब्रेक लगाउँछ यो कार, मदिरा पिएर चढे हुँदैन स्टार्ट

logo
प्रकाशित २०७६ असार ९ सोमबार
car-driving.jpg

काठमाडौं । कुनै राजमार्गमा कार कुदिरहेको छ र तुवाँलो र अत्यधिक वर्षाको कारण बाटो नदेखिए अब कारले नै कति दूरीसम्म वाधा छ वा छैन भन्ने कुराको जानकारी दिनेछ । साथै, ती बाधासँग ठोक्किनु भन्दा पहिला नै स्वतः ब्रेक लाग्नेछ । यो सेन्सरलाई भारी वाहनमा पनि प्रयोग गर्न सकिन्छ ।

भारतको गुरु जंभेश्वर विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालयका आईटी विद्यार्थीले यो सेन्सर तयार पारेका हुन् । यसको विशेषता यदि कसैले निर्धारित मात्राभन्दा बढी मदिरा पिएर कार चलाउन खोजेको खण्डमा कार स्टार्ट हुँदैन । भारतीय विश्वविद्यालयका विद्यार्थीले यस्तो सेन्सर निर्माण गरेका हुन् ।

सडक दुर्घटनाको विकराल रुप र त्यसको कारणको तथ्यांकले आफूहरुलाई यस्तो सेन्सर बनाउने प्रेरणा मिलेको उनीहरुले बताएका छन् । विद्यार्थीहरुले कारको अगाडि एक अल्ट्रासोनिक सेन्सर लगाइन्छ । प्रोग्रामिङको आधारमा यसले अगाडि वाधा अड्चन छ वा छैन भन्ने कुरा सुनिश्चित गर्छ ।

 त्यसपछि यसले फोन वा कारको स्क्रिनमा सूचना पठाएर कति टाढा मानिस, सवारी, रुख वा पशु छ भन्ने कुराको जानकारी दिन्छ । यतिमात्र नभई यसको माध्यमबाट उक्त अवरोधको एक मिटर नजिक पुगेपछि यसले ब्रेक लगाउँछ । अझ महत्वपूर्ण कुरा अवरोध पहिचान गर्नसक्ने दूरी आवश्यकता अनुसार घटाउने तथा बढाउने गर्न सकिन्छ ।

ड्राइभरको सिटनजिकै एक सेन्सर राखिनेछ । जसले ड्राइभरले अल्कोहल कति खाएको छ भन्ने कुराको निक्र्योल गर्छ । यदि निर्धारित मात्राभन्दाबढी मदिरा पिएको खण्डम उक्त सेन्सरले एक संकेत पठाउनेछ, जसको कारण गाडी स्टार्ट हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ