arrow

आमिरको बहुप्रतीक्षित चलचित्रमा करीना

logo
प्रकाशित २०७६ असार ९ सोमबार
kareena-aamir.jpg

काठमाडौं । भारतीय अभिनेता आमिर खान अहिले आफ्नो बहुप्रतीक्षित फिल्म लाल सिंह चड्ढाको कारण चर्चामा छाएका छन् । समाचारमा बताइएअनुसार यो फिल्ममा आमिर खानका साथै करिना कपूरले मुख्य भूमिकामा अभिनय गर्नेछन् ।

थ्री इडियट्स र तलाश पनि पुनः एकपटक आमिर खान र करीना कपूरको जोडीको नयाँ फिल्म आउन लागेको हो । यसअघिका दुवै फिल्ममा दर्शकले यो जोडीलाई मन पराएका थिए ।

आमिर खानको यो फिल्मलाई अद्वैत चन्दनले निर्देशन गर्नेछन् । यो फिल्म पारामाउन्ट पिक्चर्सको सीनेमा टोम हंक्सले खेलेको फरेस्ट गम्पबाट प्रेरित रहेको बताइएको छ । यो फिल्म सन् २०२० को क्रिसमसमा सार्वजनिक हुनेछ ।

अहिले करीना कपूरको फिल्म गुड न्युज सकिएको छ । यो फिल्ममा उनले अक्षय कुमारसँग अभिनय गरेकी छिन् । अब उनी आमिर खानको फिल्ममा पनि देखिनेछिन् । साथै छिटै नै उनी टेलिभिजन डान्स रियालिटी शोको पनि जज बन्नसक्ने बताइएको छ । यो रियालिटी शोको माधयमबाट करीना कपूर सानो पर्दामा पहिलोपटक काम गर्न गइरहेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ