arrow

फुटबल विश्वकप छनौट: अर्जेन्टिनाद्वारा चिली पराजित, ब्राजिल र उरुग्वे भिड्ने

४ खेल खेलेको ब्राजिल ७ अंककासाथ ५औ स्थानमा रहेको छ

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Argentina_WC_Q.jpg.jpeg
एजेन्सी। दक्षिण अमेरिकी विश्वकप फुटबलको छनौट चरण अन्तर्गत  भएको खेलमा गत बर्षको कोपा अमेरिका बिजेता चिलीलाई सन् २०१४को विश्वकप उपबिजेता अर्जेन्टिनाले  २-१ गोल अन्तरले पराजित गरेको छ। पछिल्लो ४ खेलमा २ गोल  मात्र गरेको अर्जेन्टिनाले एकै खेलमा २ गोल गरेको हो। 
 
खेलको १०औं मिनेटमा फिलिप गुतिरेथले चीलीकालागि गोल गरेर अग्रता दिलाएका थिए। १९औं मिनेटमा अर्जेन्टिनाका डि-मारियाले गोल गर्दै खेल बराबरीमा पुराएका थिए। २४औ मिनेटमा अर्जेन्टिनाका गाब्रियल मरकाडोले गोल गर्दै २-१को अग्रता दिलाए जुन अर्जेन्टिना बिजयी हुन पर्याप्त भयो। ५ खेलबाट अर्जेन्टिनाले ८ अंक जोडेको छ। 
 
ईक्वेडरले पाराग्वेसँग २-२ गोलको बराबरी खेलेको छ। ५ खेलबाट ईक्वेडरले १३ अंक जोडेको छ भने पाराग्वेले ८ अंकमा चित्त बुझाउनु परेको छ। 
 
त्यसैगरि अर्को खेलमा कोलम्बियाले बोलिभियालाई ३-२ले पराजित गरेको छ। पहिलो हाफमा हामीस रोड्रिगेज र कार्लोस बाक्काले १-१ गोल गर्दै कोलम्बियालाई २-०को अग्रता दिलाएका थिए। दोस्रो हाफमा बोलिभियाले २ गोल फर्काए पनि कार्डोजाले तेस्रो गोल गर्दै कोलम्बियालाई जीत दिलाएका थिए। 
 
भोलि बिहान हुने खेलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ। 
 
अंक तालिका
पाँच खेल खेलेको इक्वेडर १३ अंक सहित पहिलो स्थानमा छ भने ४ खेल खेलेको उरुग्वे ९ अंक सहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरि ५ खेल खेलेर बराबर ८ अंक पाएको पाराग्वे र अर्जेन्टिना क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन्। 
४ खेल खेलेको ब्राजिल ७ अंककासाथ ५औ स्थानमा रहेको छ भने चीली ५ खेलमा ७ अंक बटुल्दै छैठौं स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ