arrow

संसदको राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक आज सरकारले फिर्ता लिदै

logo
प्रकाशित २०७६ असार १० मंगलबार
upper-house.JPG

काठमाडौं। संसदको राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक आज सरकारले फिर्ता लिने तयारी गरेको छ। भुमि व्यवस्था मन्त्रालयले शुक्रबार बिधेयक फिर्ताको औपचारीक पत्र राष्ट्रियसभामा पठाएपछि राष्ट्रियसभाले प्रक्रिया आज बढाउन लागेको हो। 

मंगलबार दिउसो १ बजे बस्ने बैठकमा भुमि व्यवस्था मन्त्री पद्मा अर्यालले संसदबाटै बिधेयक फिर्ता लिने प्रस्ताब गरेपछि सदनले बहुमतको स्वीकृतिपछि बिधेयक फिर्ता लिनेछ। यसका लागि मन्त्री अर्यालले संसदमा बिधेयक फिर्ताको कारण सहित संसद सचिवालयमा पत्र पठाएपछि यो प्रक्रिया अघि बढेको हो। 

बिधेयक फिर्ता भएपनि नागरीक तहमा खबरदारी जारी
यसैबीच, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारले बिधेयक फिर्ता भएपनि नागरीक तहमा खबरदारी जारी रहने बताए। बिधेयक फिर्ता गरेर सरकारले समुदायमा गई छलफल चलाएर नया किसिमको बिधेयक ल्याउन माग गरे।

नेवा राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठले भित्रभित्रै विधेयक फिर्ता नगराउने षड्यन्त्र भइरहेकोले  यो फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए। आयोजक समितिले विधेयक फिर्ता लिएर खारेज नगरेसम्म आन्दोलनका कार्यक्रम संचालन गरिरहने जनाएको छ।

गुठियारको अधिकार समाप्त हुने प्रावधानसहित ल्याइएको विधेयकविरुद्ध काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा व्यापक विरोध भएपछि सरकारले असार ३ गते विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

तर, गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले विधेयक खारेज हुनुपर्ने भन्दै असार ४ गते माइतीघरमा खबरदारी सभा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ