arrow

भावुक हुदै रोए अमिताभ बच्चन

सामाजिक सञ्जालमा फैलियो भिडियो

logo
प्रकाशित २०७६ असार १० मंगलबार
amitab.jpg

काठमाडौं । भारतीय फिल्म उद्योगका महानायक अमिताभ बच्चनले एक भिडियो समाजिक सञ्जालमा शेयर गरेका छन् । जसमा एक पिताले आफ्नी बोल्न नसक्ने छोरीको विवाहमा गीत गाइरहेका थिए ।

सो भिडियो हेरेर महानायक पनि भावुक हुदै रोएका छन् । उनले भिडियोलाई शेयर गर्दै यो भिडियो हेरेर आफ्नो आँखामा आँसु आएको बताएका छन् ।

यो भिडियो हेरेर अन्य दर्शक पनि भावुक बनेका छन् । अमिताभ बच्चन सामाजिक सञ्जालमा अक्सर मानिसलाई भित्री मनमा छुने भिडियो मात्र शेयर गर्ने गर्छन् । अमिताभ बच्चा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका छन् । यसको माध्यमबाट उनी आफ्ना फ्यानसँग लगातार सम्पर्कमा रहने गरेका छन् ।

अमिताभ बच्चन आफ्नो उमेरको यो अवस्थामा पनि फिल्ममा लगातार काम गर्दै आएका छन् । उनी अहिले ब्रह्मास्त्र र गुलाबो सिताबोको शुटिङमा व्यस्त छन् । फिल्म ब्रह्मास्त्रमा उनका साथै रणवीर कपूर र आलिया भट्टको प्रमुख भूमिका छ ।

गुलाबो सिताबोमा उनको साथमा आयुमान खुरानाको भूमिका छ । उनले भर्खरै इमरान हस्मीसँग चेहरेमा पनि हस्ताक्षर गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ