- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एन्ड्रोइड र गुगलको विषयमा आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । बिल गेट्सले नन एप्पल फोन प्लेटफर्म नल्याउनु र एन्ड्रोइडका लागि गुगललाई मौका दिनु आफ्नो सबैभन्दा ठूलो गल्ती रहेको स्वीकारेका छन् ।
गुगल एन्ड्रोइडको अपरेटिङ प्रणालीको सहयोगमा अन्य कम्पनीको तुलनामा निकै अगाडि बढिसकेको छ । बिल गेट्सका अनुसार यदि उनले ओएस बनाउने पहल गरेको भए अहिले माइक्रोसफ्ट सबैभन्दा ठूलो कम्पनी हुने थियो ।
गुगलले सन् २००५ मा एन्ड्रोइडलाई ५ करोड डलरमा खरीद गरेको थियो । अहिले यो विश्वको सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टम हो ।
विन्डोज फोनमा माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम उपलब्ध गराउँदै आएको थियो । तर, प्रयोगकर्ताको बीचमा यो एन्ड्रोइड र आईओएस जति लोकप्रिय भने बन्न सकेन ।
यसैबीच कम्पनीले सन् २०१७ मा यसलाई बन्द गर्ने निर्णय गरेको थियो। एन्ड्रोइड र आईओएसको दाँजोमा माइक्रोसफ्टको सफ्टवेयर त्यति दमदार भने थिएन। एन्ड्रोइड र आईओएसमा चल्ने एपको संख्या पनि धेरै छ ।