arrow

भारतको रेलभित्रै लुटिए तीन सांसद

logo
प्रकाशित २०७६ असार ११ बुधबार
Devgiri-Express.jpg

मुम्बई (भारत) । मनसुन सत्रमा भाग लिन रेलबाट मुम्बई आइरहेका सांसद् लुटिएका छन् । महत्वपूर्ण कुरा तीनैजना सांसद् रेलको विशेष एसी डिब्बामा थिए ।

यो सम्बन्धमा छत्रपति शिवाजी महाराज टर्मिनल रेलवे प्रहरी स्टेशनमा उजुरी दर्ता गराएका छन् । यो मामिला विधानसभामा उठाइएको थियो । विधानसभा अध्यक्ष हरिभाउ बागडेले यसको जाँचको आदेश दिएका छन् ।
 
आइतवार कांग्रेसका सांसद राहुल बोन्द्रेले बुलढाणाबाट आफ्नी पत्नी वृषाली बोन्द्रोका साथमा मलकापुर स्टेशनमा विदर्भ रेल चढेका थिए । सोमवार बिहान ७ बजे उनी कल्याण स्टेशनम उत्रिने तयारीमा थिए । यसै क्रममा सांसद बोन्द्रेले चोरको पिछा पनि गरेका थिए तर चोर भाग्न सफल भएको थियो । बोन्द्रेको पत्नीको पर्समा २६ हजार भारु, एटीएम र अन्य कागजात थियो ।

आइतवार राति नै शिवसेनाका सांसद सञ्जय  रायमूलकर र शशिकान्त खेडेकर पनि जालनादेखि देवगिरी रेल चढेका थिए । रायमूलकर बिहान उठ्दा उनको साथबाट मोबाइल फोन र पर्स हराएको पाएका थिए । उनको पर्समा करीब १० हजार भारु थियो ।

त्यसका साथै खेडेकरको ब्याग पनि चोरले ब्लेडले काटेका थिए । सबै सांसद एसी डिब्बामा थिए ।

 



नयाँ