arrow

श्रीरामलाई नागपासबाट जोगाएका गरुडलाई भगवान शिवले किन पठाए काकभुशुण्डिकोमा ?

को हुन् काकभुशुण्डि ?

logo
रामचरितमानस,
प्रकाशित २०७६ असार ११ बुधबार
garud.jpg

काठमाडौं । भगवान श्रीरामलाई नागपाशबाट छुटाएसँगै गरुडको मनमा शंका उत्पन्न भयो । उनलाई लाग्यो राम कसरी संसारका प्रभु हुनसक्छन् । जो स्वयम नागपासमा बाधिए । सो कुरा लिएर उनि भगवान शिवकोमा गए । शिवले गरुडमा अभिमान उब्जिएको देखेर उनलाई काकभुशुण्डिकोमा जान सुझाव दिनुभयो ।   

श्रीरामचरित मानसका अनुसार गरुडजी जब काकभुशुण्डिको आश्रममा प्रवेश गरे , तब उनको मोह, संशय र भ्रम सबै नष्ट भयो । उनि काकभुशुण्डिसँग भन्छन् –

देखि परम पावन टीवी आश्रम । गयउ मोह संसय नाना भ्रम ॥ (रा च मा ७।६४।२)

काकभुशुण्डीको आश्रमको विशेषता थियो कि मायाको गुण दोष त्यहाँ प्रवेश गर्न पाउदैन थियो । वस्तुतः साचो सन्तहरुको त्यहाँ प्रभावले उनिहरुको सात्विक स्वभावका कारण जड चेतन समस्त पदार्थ सात्विक भएका थिए। जबकि असन्त भएको ठाँउमा जानाले मन अझ भौतिक चक्रमा फस्दै जान्छ।

काकभुसुण्डी गरुडलाई आफ्नो पूर्वजन्मको वृतान्त बताउदै भन्छन् ,'म कति अभागी थिए कि ज्ञान पाएपछि पनि जब मैले गूरु महराजको अवहेलना गरे तब मलाई हजारौ योनीमा जन्म लिनुपर्‍यो ।'

काकभुसुण्डी गरुडसँग भन्छन्,' गरुड जी मेरो जन्म अयोध्यापुरीमा एक शुद्रको रुपमा भयो । म भित्र निकै अहंकार थियो । केहि समयपछि हाम्रो नगर भित्र अकाल पर्‍यो  जसकारण म बिल्कुल निर्धन भए र सो नगरीलाई छोडेर उज्जैयनमा गएर

 बसे । त्यहाँ मेलै गुरु महाराजसँग ज्ञान प्राप्त गरेर भजन गर्न थाले ।'

एक दिन महाकालेश्वरमा जहाँ भगवान शिवको लिंग छ त्यहाँ बसेर म भजन गरिरहेको थिए केहि समयपछि गुरुमहाराज त्यहाँ आउनुभयो तर म भजन गरिरहे। गुरु महाराजलाई देखेर पनि प्रणाम गरिन उहाँको अवहेलना गरिरहे ।

त्यो अवहेलनाबाट भगवान शिव रुष्ट भएर प्रकट हुनुभयो । भगवान शिव भन्नुहुन्छ,'दुष्ट ज्ञान लिए पश्चात पनि त गुरुको अवहेलना गर्छस तलाई श्राप दिन्छु त किरा मकोडे टेढे मेढे प्राणीहरुको योनीमा जन्म लिनेछस ।'  

यी सबै तिरस्कार देखेर पनि दयावन गुरु भगवानसँग प्रथाना गर्नुहुन्छ र क्षमा माग्दै भन्नुहुन्छ,' प्रभु यो अबोध बालक हो जब यसलाई गुरुमहिमा नै थाहा छैन भने यसबाट अपेक्षा के राख्न सकिन्छ ?'

त्यसो त भगवानसँग न्याय हुन्छ जस्तो जस्तो कर्म हुन्छ उसलाई त्यस्तै फल तत्काल दिनुहुन्छ तर गुरु महाराजसँग दया हुन्छ । तब भगवान शिव जसलाई आशुतोष भनिन्छ जो चाडै मान्नुहुन्छ उहाँ मान्नुभयो र भन्नुभयो, 'ठीक छ तिमी भन्छौ भने म मान्छु । तिमीमा ठुलो दया छ । यसलाई म यस्तो आशीर्वाद दिन्छु कि यसले हरीको भक्ति गर्नेछ र ती योनीबाट मुक्ति प्राप्त गर्नेछ मेरो आशिर्वादबाट यसलाई अघिल्लो जन्मका सबै कुरा याद रहनेछ ।'

तब गरुडलाई काकभुसुण्डी भन्छन्, 'गरुडजी मलाई सबै कुरा याद छ यसकारण म तपाईलाई यो कुरा सुनाइरहेको छु कि साचै गुरुमहाराज दयालु हुन्छन् । उहाँ कृपानिधि, ज्ञान दिएर पनि सबैको सन्ताप, पिडा हर्नुहुन्छ तर यो जीव अभिमानबाट अन्धा भएर उहाँलाई पहिचान गर्न सक्दैन उहाँको महान्तालाई सम्झन सक्दैन ।'

सो सुनेर गरुडले आफ्नो शंकालाई दुर गरे । उनले आफ्ना गुरुमहाराज, प्रभुले आफुलाई सेवा गर्ने अवसर दिएको बुझे ।  

आफ्नो जीवनमा जब शिवाजी छत्रपतिलाई अभिमान भयो कि म छत्रपति हुँ म नै सबैलाई भोजन दिनेवाला हुँ तब उनको अहंकार समाप्त गर्नको लागि समर्थ गुरु रामदास उनको सामु आए ।

गुरु रामदासले भने,'अरे शिवाजी यता आउ यस पत्थरलाई फुटाउ ।'
शिवाजीले सो पत्थरलाई फुटाए तब त्यसबाट एक भ्यागुतो र र केहि पानी निस्कियो । तब गूर महाराज भन्छन्,'शिवाजी तिमी सबै मराठीहरुलाई भोजन गराउछौ तर भाइ यस पत्थर भित्र जुन भ्यागुतो निस्कियो यसलाई कसले भोजन दिन्छ होला ?'

यो सुनेर शिवाजी दंग रहे र मिथ्याभिमान त्यागेर गुरु महाराजको चरणमा माफि माग्न थाले ।

साच्चै अहंकारले व्यक्ति भित्र मतिभ्रम उत्पन्न गर्छ र उ वास्तविकताबाट अनभिज्ञ बन्छ । अहंकार वशीभूत भएर त्यस असीम तत्वलाई ग्रहण गर्न सक्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ