arrow

श्रीमानले २७ वर्षसम्म श्रीमतीलाई घरको काम गराएको भन्दै अदालतले लगायो २ करोड बढीको जरिवाना

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
courts.jpeg

काठमाडौं । अर्जेन्टिनाको एक अदालतले श्रीमतीलाई २७ वर्षसम्म घरेलु काम गएको भन्दै एक व्यक्तिलाई २ करोडभन्दा बढी बुझाउन आदेश दिएको छ ।

महिलाको उमेर ७० वर्ष भएको छ । उनी निकै पढेलेखेकी महिला थिइन् । उनीहरुको विवाह १९८१ मा भएको थियो । विवाहपछि उनीहरुको बीचमा महीलाले घरको काम गर्ने र श्रीमानले कमाएर ल्याउने सम्झौता भएको थियो ।

यो सम्झौताअनुसार श्रीमतीले आफ्नो करियर पनि छाडेकी थिइन् । महिलाको नाम एमएल र उनका श्रीमानको नाम डीबी हो । सन् २००९ मा उनीहरुले सम्बन्धविच्छेदको निर्णय गरेका थिए । सन् २०११ मा उनीहरुको सम्बन्ध विच्छेद भएको थियो ।

सम्बन्धविच्छेद हुँदा महिलाको उमेर करीब ६० वर्ष पुग्न लागेको थियो । तर, उनीसँग कुनै आम्दानीको बाटो थिएन । साथै यो उमेरमा कोही पनि उनलाई नोकरीमा राख्न पनि तयार थिएनन् । यससँगै उनीहरुको मुद्दा स्थानीय अदालतमा पुगेको थियो ।

एमएलले अदालतमा आफू आर्थिक समस्याबाट गुज्रिरहेको बताएकी थिइन् । त्यसपछि न्यायाधीशले डिग्रीधारक श्रीमतीलाई २७ वर्षसम्म घरेलु काम गराएको भन्दै दुई करोडभन्दा बढी रकम बुझाउने फैसला सुनाएका छन् ।

अदालतले अहिले पनि घरमा महिलाले गर्ने कामको कुनै किसिमको मूल्यांकन नहुने गरेको र उनीहरुलाई यसको कुनै पैसा पनि नमिल्ने गरेको भन्दै महिलाको स्थिति र डिग्रीको आधारमा जरिवानाको निर्णय गरिएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ