arrow

गुगल, फेसबुक र ट्वीटरमाथि मुद्दा चलाउने ट्रम्पको धम्की

logo
प्रकाशित २०७६ असार १२ बिहिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि कम्पनीहरु फेसबुक, गुगल र ट्वीटरमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । उनले रिपब्लिकन पार्टीविरुद्ध यी कम्पनीले पूर्वाग्रह फैलाइरहेको भन्दै यस्तो बताएका हुन् ।

उनले सबै कम्पनीहरु डेमोक्रेट रहेको र उनीहरुको सेवा डेमोक्रोट्सप्रति पूर्णरुपमा पक्षपाती रहेको बताएका हुन् । उनले गुगल र फेसबुकमाथि मुद्दा चलाउनु ठिक हुने बताएका हुन् ।

उनले यसमा ट्वीटरलाई पनि मिसाउँदै पक्षपातको आरोप लगाएका छन् । उनले आफ्ना लाखौं फलोअर्स रहेकोमा जो मानिस वास्तवमै आफ्नो सन्देश पाउन चाहन्छन्, उनीहरुका लागि भने यो कार्य निकै कठिन बनाएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ