आदित्य पंचोलीले १७ वर्षमै गरेका थिए बलिउडकी अभिनेत्रीमाथि दुष्कर्म, लाग्यो मुद्दा

प्रकाशित मिति : २०७६ असार १३ शुक्रबार

काठमाडौं । बलिउड अभिनेता आदित्य पंचोलीमाथि दुष्कर्मको मुद्दा लागेको छ । भारतको व्यापारिक नगरी मुम्बई पुलिसले पंचोलीविरुद्ध मुद्दा दर्ता गरेको हो । 

बलिउडकै एक अभिनेत्रीको बयानको आधारमा मुद्दा दर्ता गरेको जनाएको छ । वर्सोवा पुलिसले यो मामला १० वर्ष पुरानो भएकाले प्रमाण जुटाउन र जाँच गर्न कठिनाइ हुने बताएको छ । 

पंचोली पटक पटक दुस्कर्मको आरोप लाग्दै आएको छ । अभिनेत्रीको नाम गोप्य राखिएको छ । उनले आफू धेरै पटक पंचोलीको दुस्कर्ममा फसेको बताएकी छिन् । 

आदित्य पंचोलीले ती अभिनेत्रीलाई १७ वर्षको उमेरमै करणी गरेको पनि उनले बताएकी छिन् । 

पीडित अभिनेत्रीले यसअघि पनि गुनासो दर्ता गराएकी थिइन् । पंचोलीे पछिल्लो समय सन् २०१५ मा आएको हिट फिल्म बाजीराव मस्तानीमा देखिएका थिए ।
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ