arrow

राप्ती साहित्य परिषद्ले वार्षिकोत्सव तीन दिन मनाउने

logo
सबिन प्रसन,
प्रकाशित २०७२ चैत १२ शुक्रबार
hemraj-pant-memorial-prize-awarded-600x0.jpg.jpeg
घोराही  । राप्ती अञ्चलकै जेठो साहित्यीक संस्था राप्ती साहित्य परिाषद्ले आफ्नो स्थापना दिवस विभिद कार्यक्रमका साथ तीन दिनसम्म मनाउने भएको छ । परिषद्को अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षत्ता, संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं सल्लाहकारहरु गिरिराज शर्मा र प्राज्ञ उत्तमकृष्ण मजगैयाको विशेष उपस्थितिमा सम्पन्न वैठकले परिषद्को वार्षिकोत्सव कार्यक्रम आउँदा २०७३ वैशाख २४ गतेदेखि २६ गतेसम्म घोराहीमा मनाउने निर्णय गरेको छ ।
 
 जस अनुसार वैशाख २४ गते नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा राप्ती अञ्चलस्तरीय कविता सम्बन्धमा गोष्ठी गर्ने, २५ गते विहान परिषद्को वार्षिकसाधारणसभा गर्ने, दिउँसो कविता वाचन कार्यक्रम गर्ने र २६ गते पुरस्कार वितरण एवं सम्मान कार्यक्रम गर्ने निर्णय गरिएको छ । वैठकले कार्यक्रमलाई भव्य बनाउनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । जसमा पुरुषोत्तम खनालको अध्यक्षत्तामा कमल मणि देबकोटा र सविन प्रियासन सदस्य रहेको आर्थिक संकलन उपसमिति गठन गरिएको छ ।
 
 यसैगरी टीकाराम उदासी संयोजकत्वमा आदिम केसी, नवीन अभिलाषी, खेमराज मल्ला र जिल्लाका सबै अध्यक्षहरु सदस्य रहेको कार्यक्रम व्यवस्थापन उपसमिति निर्माण गरिएको छ । वैठकले परिषद्का महासचिव सविन प्रियासनको संयोजकत्वमा डा. लोकराज पराजुली, नवीन अभिलाषी र आदिम केसी रहेको प्रचारप्रसार उपसमिति, शारदा शर्माको संयोजकत्वमा सीतादेवी सापकोटा, जमुना घिताल, कमला रिजाल, छमा पराजुली, कमला रावत सदस्य रहेको मञ्च सज्जा तथा स्वागत सत्कार उपसमिति गठन गरेको छ । 
 
यसैगरी नगेन्द्र गुरुको संयोजकत्वमा खगराज न्यौपाने, शारदा शर्मा, दीपक शर्मा, जमुना धिताल, बसन्त पोख्रेल, खेमराज मल्ला सदस्य रहेको भोजन तथा आवाष उपसमिति गठन गरिएको छ । परिषद्ले वार्षिकोत्सव एवं साधारणसभामा प्रदान गर्ने विभिन्न पुरस्कारहरुका लागि संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको संयोजकत्वमा गरिराज शर्मा सहसंयोजक, उत्तमकृष्ण मजगैया, सुशील गौतम, टीकाराम उदासी, डा. गोविन्द आचार्य, शारदा शर्मा सदस्य रहेको पुरस्कार छनौंट समिति गठन गरिएको छ । साधारणसभामा केन्द्र, शाखाको सांगठनिक र लेखा प्रतिबेदनका लागि सम्बन्धित व्यक्तिलाई विशेष जिम्मेवारी दिइएको वैठक पश्चात् महासचिव सविन प्रियासनद्वारा जारी विज्ञिप्तमा उल्लेख गरिएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ