सलमानले भाइ र पुर्व बुहारीलाई सँगै ल्याउन सक्ने

प्रकाशित मिति : २०७६ असार १३ शुक्रबार
फाइल तस्विर

काठमाडौं । अहिले बलिउड अभिनेता सलमान खान नच बलिएको नवौं सिजना निर्माण गरिरहेका छन् । शोको विशेषता यो छ कि यसमा पाँच अहिले सम्बन्धमा रहेका जोडी हुनेछन् भने पाँच छुटिसकेका जोडी हुनेछन् । यस्तोमा जजको खाली कुर्सीमा पूर्व बुहारी मलाइका एरोरा र भाइ अरबाज बस्नसक्ने बताइएको छ ।
 
स्रोतका अनुसार उनीहरु जजको कुर्सीका लागि प्रबल दाबेदार मानिएका छन् । तर, मलाइका र अरबाजसँगै यो कार्यक्रममा आउनका लागि तयार हुन्छन् वा हुँदैनन् भन्ने कुराका लागि भने जुलाईसम्मको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

अरबाज आफ्नो गर्लफ्रेन्ड जियोगिना एन्ड्रियानीसँगको सम्बन्धको कारण चर्चामा छन् । मलाइका र अर्जुनको कुरा आउँदा उनीहरुको विवाहको समाचार पनि फैलिँदै गएको छ ।

अरबाज र मलाइकाले सन् २०१७ मा आफ्नो १८ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका थिए । तर, उनीहरु पुनः मिल्नसक्ने बताइएको छ । तर, यो वास्तविक जीवनमा भने होइन ।

केही समयअघि अर्जुन कूपरको २६ औं जन्मदिनमा मलाइकाले आफ्नो आधिकारिक इन्स्टाग्राममा अर्जुनसँगको तस्वीर शेयर गरेकी थिइन् । उनले अर्जुन कपूरलाई जन्मदिनको शुभकामना पनि दिएकी थिइन् । अर्जुन कपूरलाई मलाइकाले जन्मदिनको शुभकामना दिएको यो पहिलोपटक हो ।

नयाँ