arrow

३ अर्ब २० करोड खर्च गरेर विवाह गरेका उद्योगपतिले गरे ९० हजारको सफाइ

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
ajaya-gupta.jpg

काठमाडौं । दक्षिण अफ्रिकाका उद्योगपति अजय गुप्ताका छोरा सूर्यकान्तको विवाह भारतको उत्तराखण्डको औलीमा भएको थियो । विलासी व्यवस्थापनमा ३ अर्ब २० करोडभन्दा बढीमा उक्त विवाह सम्पन्न भएको थियो । विवाहपछि आयोजन स्थलम जम्मा भएको अत्यधिक फोहोरको विषयमा विवाद भएको थियो ।

विवादपछि गुप्ता परिवारलाई उपभोक्ता राशिको रुपमा ८५ हजार रुपैयाँभन्दा बढी जरिवाना लगाइएको छ । भारतको फोहोर विभागका अनुसार उक्त विवाह स्थलबाट डेढ क्विन्टल फोहोर निकालिएको छ ।

निगमका अध्यक्ष शैलेन्द्र पंवारले सफाई सकिएपछि त्यसको सबै बिल परिवारलाई पठाइने बताएका छन् । यसमा मजदूर र गाडीको खर्च पनि सामेल हुनेछ । पारिवारले पूरै पैसा निगमलाई दिने बताएको छ ।

प्रतिवेदनका अनुसार निगमले फोहोर सफा गर्न २० कर्मचारी लगाएको छ । यसले पर्यावरणमा पनि असर परेको भन्दै भारतको उच्च अदालतमा याचिका दायर भएको छ ।

यो विवाहमा मुख्यमन्त्री त्रिवेन्त रावत, बाबा रामदेव र केही बलिउड स्टार पनि सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ