arrow

जीवनको सम्भावना अध्ययन गर्न टाइटनमा ड्रोन पठाउँदै नासा

logo
प्रकाशित २०७६ असार १४ शनिबार
saturn-titan-drone.jpg

काठमाडौं। पछिल्लो समय अमेरिकी अन्तरिक्ष अध्धयन संस्था (नासा) ले विभिन्न किसिमको महत्वपूर्ण योजना अघि सारिरहेको छ। विशेषगरी नासाको चन्द्रमा मिसनबाट फर्किने तथा मंगलग्रहमा जाने योजनाको विषयमा अहिले चर्चा बढ्दो क्रममा छ। यसै क्रममा नासाले अर्को महत्वपूर्ण घोषणा गरेको छ। नासाले शनि ग्रहको उपग्रह टाइटानबारे अनुसन्धानको लागि महत्वपूर्ण घोषणा गरेको हो।

नासाले सार्वजनिक गरेको नयाँ परियोजनाको नाम ड्र्यागनफ्लाई दिइएको छ। यो डिजाइनअनुसार नासाले त्यसका लागि एक ड्रोन हेलिकोप्टर पठाउनेछ। यसले टाइटनमा गएर मानव जीवनको सम्भावनाको विषयमा अध्ययन गर्नेछ। तर, यो अवधारणा तत्कालै शुरु गर्न लागिएको भने होइन। 

यो योजना सन् २०२६ देखि शुरु हुने नासाले बताएको छ। साथै त्यसपछि यो यात्रा पूरा गर्नका लागि उसले ८ वर्ष लगाउनेछ। तर, गन्तव्यमा पुगेको खण्डमा यसले केही नयाँ कुरा भने पक्कै दिनेछ। टाइटानबारे वैज्ञानिकहरुले केही महत्वपूर्ण कुरा भेटिएको बताएका छन्। त्यसको थप अनुसन्धानका लागि यो परियोजनाले महत्वपूर्ण योगदान पुग्ने उनीहरुको भनाइ छ। टाइटानमा केही गहिरा ताल रहेको विश्वास गरिँदै आएको छ। तर, ती ताल पानीले नभई हाइड्रोकार्बनले भरिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ