arrow

पीडादायी मृत्यु: निर्माणाधिन सेफ्टी टेंकीमा निस्सासिएर ४ को मृत्यु १ घाईते

डाईनिया बजार शोकमा 

logo
किरण न्यौपाने
प्रकाशित २०७६ असार १४ शनिबार
Death-safty-tankey.jpeg

रंगेली । मोरङ्गको सुनवर्षि नगरपालीका ९ मुस्लीम टोलमा शनिवार निर्माणधिन सेफ्टी टेंकीको सेट्रिङ्ग खोल्न पसेका ४ जना मजदुर र गाउँलेको मृत्यु भएको छ । एक जना गम्भीर घाईते रहेको छन् । 

मृत्यु हुनेमा सुनवर्षि नगरपालीका ९ बस्ने ६० वर्षिय मो. कपिल मिया, निजको छोरा वर्ष २५ को फिरोज आलम, सोही स्थान बस्ने १९ वर्षिय सहनवाज मिया र वर्ष २२ को वसिक आलम रहेका छन् । ३८ वर्षिय दाउद मिया गम्भीर घाईते भएका छन् । उनको रंगेली अस्पतालमा उपचार भईरहेको छ । 

रंगेलीस्थित जिल्ला अस्पताल र टाईम्स हस्पीटलमा उपचार सम्भव नभएपछी थप उपचारका लागी विराटनगरस्थित गोल्डेनमा उपचारका लागी पुर्याउदा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । चिन्ताजनक अवस्थामा उपचारका लागी ल्याउदा समयमै डाक्टर उपलब्ध नभएको भन्दै घाईतेका आफन्तजनहरुले रंगेली अस्पतालमा नाराबाजी र सामान्य तोडफोड समेत गरेका छन् ।

स्थानियबासी डोमर अलिका अनुसार मर्कज मस्जीदको निर्माणधिन सेफटी टेंकीको ढलान गरेको बास खोेल्न टंकी भित्र पसेका मजदुर निसांशीएर अचेत भएपछी एक पछी अर्कोको उद्दार गर्न छिर्दा सबै जना बेहोस भई लडेको बताए। 

करिव साढे २ बजेको समयमा ढलान खोल्न टंकी भित्र पसेका २२ वर्षिय बसिक आलम बेहोस भई टंकी भित्रै लडेका थिए लगतै १९ वर्षिय सहनवाज मिया उनको उद्दार गर्न छिरेका थिए उनि पनि टंकी भित्रै बेहोस भएपछी दुवै जनालाई निकाल्नका लागी २५ वर्षिय फिरोज आलम छिरेका थिए तर फिरोज पनि बेहोस भएपछी उनलाई समेत निकाल्न टंकी भित्र पसेका उनका बाबु ६० वर्षिय मो. कपिल मिया पनि घाईते भएका थिए । उनिहरु सबैलाई थप उद्दार गरी मुखबाट अक्सीजन दिने क्रममा अर्का ४० वर्षिय मो दाउद मिया पनि घाईते हुन पुगेका थिए । 

सेफटी टेंकी भित्र घाईते भएका मजदुर र गाउँलेहरुलाई निकाल्न समस्या भएपछी जेसिभी लगाएर टेंकी भत्काउने प्रयास गरिएको थियो तर असंभव देखिएपछी अन्त्यमा मुखमा अक्सीजन लगाएर गाउँहरुले टेंकी भित्र पुनः छिरेर उनिहरुलाई निकालेका थिए। 

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीका अनुसार ढलान गरेर राखेको सेफ्टी टंकीमा अचानक छिर्दा अक्सीजनको अभाव र लामो समय देखी ढलान गरेर छाडेकाले गुम्सीएको हावामा कुनै विष उत्पादीत भई त्यसको असरले उनिहरुको मृत्यु भएको हुन सक्ने बताउदै पोष्टमार्टम रिर्पोेट आएपछी सबै कुरा खुल्ने बताए । 

सुनवर्षि नगरपालीकाको सहयोगमा मस्जीदमा करिव २५ फिट लम्बाई र १५ फिट चौडाईको सेफ्टी टंकी सहित शौचालय निर्माणधिन अवस्थामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ