arrow

तिमसेनाको ‘आवरण’ बजारमा

logo
प्रकाशित २०७६ असार १५ आइतबार
Aavaran_Cover.jpg

काठमाडौँ । रवीन्द्र तिमसेनाद्वारा लिखित लघुकथा सङ्ग्रह ‘आवरण’ बजारमा आएको छ । पुस्तकमा विभिन्न सामाजिक विकृतिप्रति व्यङ्ग्य गर्ने पचास वटा लघुकथा सङ्गृहीत छन् भने प्रत्येक कथामा चित्र समावेश गरिएको छ ।

 कथाहरूमार्फत सामाजिक सञ्जाल प्रयोगकर्ताका विकृतिहरूको चिरफार गर्नुका अतिरिक्त कथनी र करणी फरक भएका पात्रको मनोदशा केलाइएको छ ।

समाविष्ट चित्रहरू कथाको भाव पाठकलाई बुझाउन सहयोगी बनेका छन् भने सरल भाषा, सूत्रात्मक र व्यङ्ग्यात्मक प्रस्तुतिले कथाहरू पठनीय बनेका छन् ।

मकालु प्रकाशन गृहले प्रकाशन गरेको उक्त पुस्तक ११२ पृष्ठको रहेको छ जसको मूल्य १७५ रुपियाँ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ