arrow

नामिवियासंगको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न खेलाडी छनोट

कीर्तिपुर मैदानमा पहिलो खेल अप्रिल १६ र दोश्रो खेल अप्रिल १८ मा

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
nepali-teem-new-FNL.jpg.jpeg
काठमाडौं । नेपालले नामिवियाविरुद्ध खेल्ने विश्व क्रिकेट लिगका लागि २५ सदस्यीय खेलाडी छनोट गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एसिया प्रमुख विकास अधिकृत भेन्कत्पथी राजु, प्रशिक्षक जगत टमाटा र खेलाडी पारस खड्का रहेको तीन सदस्यीय स्वतन्त्र छनोट समितिले २५ सदस्यीय खेलाडी टोलीको नामवली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
 
४० खेलाडीबाट २५ खेलाडीको छनोट गरिएको प्रशिक्षक टमाटाले जनाएका छन् । अन्तिममा ४ वैकल्पिकसहित १८ खेलाडीको छनोट गरिने बताइएको छ । छनोट भएका खेलाडीहरुमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति प्रसाद गौचन, सोमपाल कामी, बसन्त रेग्मी, सागर पुन, विक्रम सोब, सुवास खकुरेल, करण केसी, नरेश बुढा ऐर, सिद्धान्त लोहनी, सन्दिप लामिछाने, अनिलकुमार मण्डल तथा सुशील धमला छन् । अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, प्रेम तामाङ, सुशन भारी, मन्जित श्रेष्ठ, अभिनास कर्ण, आरिफ शैख, राजेश पुलामी मगर, प्रदीप ऐरी तथा विनोद भण्डारी छन् । विश्व क्रिकेट लिगअन्तर्गत पहिलो खेल अप्रिल १६ र दोश्रो खेल अप्रिल १८ तारिखमा हुनेछ । दुवै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ